Play

पोखरा र पर्बतका स्रष्टाहरुबीच पर्वतको मल्लाजमा काब्य विमर्श तथा रचनाबाचन कार्यक्रम

गुरुकुल खबर


पोखरा, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान जलजला–४, मल्लाज पर्वतको संयुक्त आयोजनामा एक दिवसीय काव्य विमर्श तथा रचनावाचन कार्यक्रम पर्बतको मल्लाजमा सम्पन्न भएको छ । पोखरामा बसेर सिर्जना तथा समालोचना गरिरहेका स्रष्टा र मल्लाजमा बसेर काव्य साधना गरिरहेका स्रष्टाका बिचमा आपसी भेटघाट गर्ने, अनुभव साट्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो

मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन प्रा.डा. जगन्नाथ रेग्मीले गरेका थिए । कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्दै संयोजक रेग्मीले कालन्जर क्षेत्र पौराणिक कालदेखि विभिन्न ऋषिमुनिको तपोभूमिका रूपमा रहेको र आधुनिक नेपाली साहित्यमा मोहनबहादुर मल्ल हुँदै हालसम्म पनि विभिन्न स्रष्टाहरूले निरन्तर साहित्य साधना गरिरहेको जानकारी गराए ।

उक्त कार्यक्रममा बेनीबजार, म्याग्दीका साहित्यकार अजय मिलन श्रेष्ठले ‘काव्य कृतिमा धौलागिरी क्षेत्रका कविहरूको योगदान’ शीर्षकमा प्रस्तुति दिंदै नेपाली कविताको प्राथमिक कालदेखि नै धौलागिरिका स्रष्टाहरूले सशक्त आवाज उठाउन थालेको उल्लेख गरे । श्रेष्ठले आधुनिक कालमा समेत विभिन्न स्रष्टाहरूले मानवतावादी, प्रगतिवादी तथा प्रयोगवादी लेखनमा आफ्नो बलियो उपस्थिति रहेको बताए।

उनको प्रस्तुतिमाथि टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्रमुख सह प्रा. आनन्दमणि रिजालले धौलागिरिमा जन्मिएर साहित्यिक कर्ममा निरन्तर खटिरहेका स्रष्टाको जानकारी गराउन श्रेष्ठको प्रस्तुति सान्दर्भिक बनेको उल्लेख गरे ।

उक्त कार्यक्रममा पोखरा र धौलागिरि अञ्चलका विभिन्न स्रष्टाहरूले देशप्रेम, समसामयिक राजनीति, विसङ्गति र विकृति, प्रकृतिप्रेम, माता र पितृभक्ति भावले भरिएका गीत, गजल, कविता, लघुकथा प्रस्तुत गरे ।

उक्त अवसरमा पोखराबाट गएका साहित्यकार डा. भानुभक्त आचार्य, चन्द्रावती वाग्ले, टीकाराम वाग्ले, अम्बिकाप्रसाद भट्टराई, डा. नवराज न्यौपाने, प्रा. डा. शालिग्राम सुवेदी, पुण्यप्रसाद भट्टराई, डा. भूमिराज बस्ताकोटी र धवलागिरी क्षेत्रका गीता अधिकारी, शान्तिनारायण श्रेष्ठ, विष्णुकुमारी रायमाझी, ध्रुवलाल शर्मा, चन्द्रबहादुर लामिछाने, इन्द्रकुमार विकल्प, मनोहर पौडेल, डी.आर. शर्मा आदिले आआफ्ना रचना वाचन गरेका थिए ।

उक्त कार्यक्रममा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष लीलानाथ पौडेल असन्तोषी, खेमराज शर्मा आदिले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराका अध्यक्ष सुरज पौडेलले दुई संस्थाका बिचमा यस्तो महत्त्वपूर्ण कार्यक्रम गर्न पाउँदा आफू निकै खुसी भएको र उक्त कार्यक्रम सम्पन्न गर्न लागिपर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।  उक्त कार्यक्रमका अध्यक्षसमेत रहेका केदारनाथ पौडेलले मल्लाजमा सम्पन्न यो एक ऐतिहासिक कार्यक्रम भएको धारणा राखे ।

सो कार्यक्रममा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका सदस्य गोपालप्रसाद आचार्यले स्वागत गरेका थिए भने सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका सचिव डा. पिताम्बर पौडेल र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका सचिव हरिप्रसाद पौडेलले संयुक्त रूपमा सञ्चालन गरेका थिए। कार्यक्रमको अन्त्यमा दुवैतिरका स्रष्टाहरूले आआफ्ना साहित्यिक कृतिहरू हस्तान्तरण गरेर आत्मीयता प्रकट गरेका थिए ।

१५ बैशाख २०८२, सोमबार १४:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा