Play

सातजना नेतासहित रिहा भएपछि अध्यक्ष लिंग्देनले भने- आन्दोलन निरन्तर चल्छ, महामन्त्री राणा पनि हिरासत मुक्त

गुरुकुल खबर


काठमाडौं,  सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा आइतबार दिउँसो पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहि र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका थिए भने बानेश्वर क्षेत्रबाट अन्य ३ जना पक्राउ परेका थिए ।

रिहा भए लगत्तै अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताएका छन् । रिहाइ भएलगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आन्दोलन जारी रहने बताएका हुन् । उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरु रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताए ।

भोलि के गर्नुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष लिङदेनले भोलिको कुरा भोलि नै भन्ने बताए । उनले भने,‘रिहाइ नभएसम्म निरन्तर यस प्रकारको आन्दोलनमा रहन्छौँ हामी । भोलिको कुरा भोलि नै भन्छौँ ।’

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो राप्रपाका नेताहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको थियो। उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए सुरुमा प्रहरीले उनिहरु बाट पम्प्लेट खोसेको थियो ।  पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए ।

राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । सोही अनुसार राप्रपाका कार्यकर्ताहरु बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै  प्रदर्शन गरेका हुन् ।  राप्रपाले तीनकुने घटनाको छानबिन माग,पार्टीका नेताहरुको रिहाइका साथै राजसंस्थाको पक्षमा आइतबार प्रदर्शन आयोजना गरेको हो।

राप्रपा महामन्त्री धवल शमशेर हाजिरी जमानीमा रिहा 

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा हाजिर जमानीमा रिहा भएका छन् । उनलाई बोलाएको बेला उपस्थित हुनेगरी हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले संचारमाध्यमलाइ जनाएका छन।

तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा उनी चैत १५ मा राति पक्राउ परेका थिए । क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको एसएसपी अधिकारीले बताए । उनले भने, ‘उपचार प्रयोजनको लागि उहाँलाई रिहा गरेका छौँ ।’ धवल पत्नीले उनलाई जिम्मा लिएकी छन् ।

७ बैशाख २०८२, आईतवार २३:३२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा