Play

ऐतिहासिक बगैंचा रहेको प्रस्यांगको जग्गा पार्कको रुपमा संरक्षित, पार्कलाई ब्यबस्थित गर्न वडाले सहयोग गर्ने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -५ प्रस्यांगस्थित प्रस्यांग बगैचा पार्क ब्यवस्थापन समितिको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । आठ रोपनी भन्दा बढी क्षेत्रफल जग्गामा रहेको उक्त पार्क करिब २ सय ५० बर्ष अगाडी स्थापना भएको बताईन्छ । पार्कमा विभिन्न ३६ जातका आँपका बिरुवा रोपेको बताईन्छ तर हाल उक्त पार्कमा आँपका रुख भने सबैजसो मासिएका छन ।

तत्कालिन समयमा आँपका बिरुवा लाइन मिलाएर आकर्षक तरिकाले रोपिएको भएपनि समयको अन्तराल संगै आँपका रुखहरु बुढो भएर ढल्दै जानु, सोहि पार्कको बीचबाट पोखरा बाग्लुंग राजमार्गको सडक बन्नु, अन्य सहायक मार्ग बन्नु र सोहि स्थानमा खानेपानी ट्यांकी निर्माण सहित अन्य सार्बजनिक संरचनाको निर्माणका कारण पार्क खुम्चिंदै गएको हो ।

पार्क भनिएको खुल्ला क्षेत्रमा रहेको शिवालयको मन्दिरतर्फको जग्गा भने लायन्स क्लब अफ पोखरा अन्नपुर्णको पहलमा संरक्षण गरेर वास्तविक रुपमा पार्कको रुप दिने पहल भएको थियो  । पछिल्लो समय पोखरा महानगरपालिका वडा न. ५ को कार्यालयको सहयोगमा पार्कलाई केहि ब्यबस्थित बनाउने काम भैरहेको स्थानीय पुरुषोत्तम पराजुलीले जानकारी दिए ।

पार्कलाई ब्यबस्थित रुपमा संचालन गर्न र पार्कको संरचनामा सुधार गर्न २०७९ सालमा ‘प्रस्यांग बगैंचा पार्क ब्यबस्थापन समिति’को नाममा संस्था दर्ता गरिएको थियो । सोहि समितिको पहिलो साधारण सभा तथा अधिबेशनले अध्यक्षमा शिबप्रसाद पराजुली, उपाध्यक्षमा बिजयालक्ष्मी कोइराला, सचिबमा लक्ष्मण कोइराला, कोषाध्यक्षमा देबेन्द्र पराजुली र उपसचिवमा मिरा पराजुलीलाई चयन गरेको थियो ।

अधिबेशनले समितिको सदस्यहरुमा लक्ष्मण बराल, प्रेमप्रसाद चापागाईं, नबराज कोइराला, हेमराज भण्डारी, केदार प्रसाद पराजुली, शुभद्रा कोइराला, माधव बाँस्तोला, कर्णबहादुर भुवाजी, सुनकुमारी केसी र सिता भट्टराईलाइ चयन गरेको थियो  । उक्त समितिले पार्कको बिकास र सुधारका लागि स्थानीय सरकार सहित विभिन्न संघसंस्था संग मिलेर विभिन्न काम गर्दै आएको उपाध्यक्ष बिजयालक्ष्मी कोइरालाले गुरुकुल खबरलाई जानकारी दिईन ।

शनिबार आयोजित एक समारोहमा साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका -५ का वडाध्यक्ष बिष्णु बरालले बगैंचा पार्क एतिहासिक पार्क रहेको कारण यसको संरक्षन र बिकासमा वडा कार्यालय र आफ्नो तर्फबाट सहयोग हुने बिश्वास दिलाए।

पार्क ब्यबस्थापन समितिका अध्यक्ष शिबप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष बिजयालक्ष्मी कोइराला, सचिब लक्ष्मण कोइराला, कोषाध्यक्ष देबेन्द्र पराजुली लगायतले पार्कको अबस्था र समितिले गरेका कामको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा स्थानीय सामाजिक व्यक्तित्व रामजी प्रसाद कोइराला, रमेश प्रसाद कोइराला, सुभाषचन्द्र कोइराला र युवा ब्यबसायी पुरुषोत्तम पराजुली लगायतले पार्कको सुन्दरता बढाउन थप काम गर्नुपर्ने आबश्यकता औंल्याएका अध्यक्ष शिबप्रसाद पराजुलीले जानकारी दिए ।

१६ चैत्र २०८१, शनिबार २१:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा