Play

गणतन्त्र र राजसंस्थाको समर्थनमा काठमाडौँमा प्रदर्शन, बानेश्वर क्षेत्रमा झडप, ट्राफिक ब्यबस्थापन अस्तव्यस्त

गुरुकुल खबर


काठमाडौँ, राजसंस्थाका पक्षधरहरु र गणतन्त्रका पक्षधरहरुले काठमाडौँमा छुट्टाछुट्टै स्थानमा शुक्रबार आयोजना गरेको प्रदर्शनका कारण काठमाडौँ उपत्यकाको जनजिबन प्रभावित हुनुको साथै ट्रफिक ब्यबस्थापन अस्तव्यस्त हुन पुगेको छ । काठमाडौँको तीनकुनेमा राजावादी हरूको प्रदर्शन सुरु भएको छ भने भृकुटीमण्डपमा गणतन्त्रबादीहरुको प्रदर्शन शुरु भैसकेको छ।

काठमाडौँको तिनकुनेतर्फबाट राजावादी प्रदर्शनकारीहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ । निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरु अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । सो क्रममा दुई पक्षबीच घम्साघम्सी चल्दा प्रहरीले लाडीचार्जका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।  अहिले तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीले राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका हुन् । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी दिएपनि प्रदर्शनकारी अघि बढ्न खोजेको बताइएको छ ।

यसैगरी काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाले र तीनकुनेमा पूर्वराजा समर्थकले प्रदर्शन शुरु गरेका हुन । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् भने संयुक्त जनआन्दोलन समिति र राप्रपा समेतको सहयोगमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को ब्यानरमा पूर्वराजाका समर्थकहरूले प्रदर्शन शुरु गरेका हुन ।

राजाका समर्थक तीनकुनेमा 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले गरेको प्रदर्शनका सहभागीहरुले राष्ट्रिय झन्डा र राजाअंकित तस्बिर बोकेर तीनकुनेमा भेला हुन विभिन्न स्थानबाट नारा लगाउंदै आइरहेका छन्। नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यो प्रदर्शनमा साथ दिएको छ । राजाबादीहरुको प्रदर्शनमा बर्तमान सरकार बिरुद्ध चर्का नाराबाजी समेत गरिरहेका छन उनीहरुले राजाको समर्थनमा र प्रमुख राजनीतिक दलका प्रमुख नेताहरु सहित प्रधानमन्त्री केपी ओली बिरुद्ध चर्का नारा लगाइरहेको छन।

पूर्वराजाका समर्थकलाई चक्रपथभन्दा बाहिर मात्रै जुलुस निकाल्न दिने गरी प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ । चाबहिलबाट तीनकुने र सातदोबाटो हुँदै तीनकुनेसम्म पूर्वराजाका समर्थकलाई जुलुस निकाल्न दिने प्रहरीको रणनीति छ । भक्तपुरतर्फबाट आउने पूर्वराजा समर्थक तीनकुनेमा रोकिनेछन् । प्रदर्शनको क्रममा राजाबादीहरुको जुलुस बानेश्वोर तर्फ अगाडी बढ्न लागेपछि प्रहरीले बल प्रयोग गर्दा झादपं भएको थियो प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहर गरेको छ ।

समाजबादी मोर्चाको प्रदर्शनप्रदर्शनीमार्गमा 

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् ।  सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ । मोर्चाले १ हजार  स्वयंसेवक परिचालन गर्ने सुरक्षा निकायलाई जानकारी गराएको छ ।

भक्तपुरतिरबाट आउने समाजवादी मोर्चाका समर्थक सवार गाडीलाई  प्रहरीले कोटेश्वरबाट बालकुमारी तर्फ डाइभर्सन गरेर पठाउने भएको छ। एसएसपी खनाल भन्छन्, ‘मुठभेड हुन नदिन समाजवादी मोर्चा समर्थकलाई कोटेश्वरबाट बालकुमारी पुल हुँदै भित्रको बाटोबाट प्रदर्शनी मार्गतर्फ पठाउँछौँ ।’

तीन हजार पांच सय सुरक्षाकर्मी परिचालन 

दुवै पक्षको प्रदर्शनका कारण हुन सक्ने सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३ हजार ५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना  अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले सुरक्षा कमाण्ड गरिरहेका छन ।

आवश्यकता अनुसार एसएसपी अधिकारीले कमाण्ड सेन्टर र फिल्डमा नै गएर सुरक्षा व्यवस्थापन गर्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले बताए । उनले भने, ‘एसएसपीको कमाण्डमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्छौँ ।’ सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमाण्ड सेन्टर’ स्थापना गरिएको छ । कमाण्ड सेन्टरबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन् ।

प्रदर्शनमा अवैध गतिविधि नियन्त्रण गर्न तथा सम्भावित घुषपैठ हुन नदिन सादा पोसाकका प्रहरीलाई परिचालन गर्ने  योजना उपत्यका प्रहरी कार्यालयको रहेको छ ।

१५ चैत्र २०८१, शुक्रबार १३:५० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा