Play

अपांगताको अधिकार सुनिश्चित गर्न गण्डकी प्रदेश सभामा बिधेयक दर्ता, अपांगताको क्षेत्रमा काम गर्नेहरु उत्साहित

गुरुकुल खबर


पोखरा,  अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्नको लागि भन्दै गण्डकी प्रदेशमा पहिलोपटक विशेष विधेयक दर्ता भएको छ। गण्डकी प्रदेशकी सांसद तथा प्रदेश सभा सदस्य सुनिता थापाले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यहि चैत ३ गते गण्डकी प्रदेश सभा सचिवालयमा दर्ता भएको छ।

प्रदेश सभामा नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसद बनेकी थापाको पहलमा विज्ञहरु र सरोकारवालाहरु बोलाएर प्रदेशको सामाजिक बिकास मन्त्रालयले पटक पटक  गोष्ठी र छलफल गरेपछि उक्त बिधेयकको मस्यौदा तयार गरि प्रदेश सभामा दर्ता गरिएको हो। बिधेयक निर्माणमा प्रदेशको सामाजिक मन्त्रालय र मन्त्री बिन्दुकुमार थापा समेत सकारात्मक बनेको कारण बिभिन्न प्रदेशहरु मध्ये गण्डकी प्रदेशले पहिलो पटक यस किसिमको विधयेक ल्याउन पहल गरेको बुझिएको छ।

प्रदेश सभामा दर्ता गरिएको उक्त बिधेयकमाथि प्रदेशसभामा छलफल हुने र अपांगता भएका व्यक्तिहरुको चाहना अनुसार र गण्डकी प्रदेशको आफ्नै एजेन्डा अनुसार बिधेयक बन्नेमा प्रदेश सभा सदस्य थापाले बिश्वास ब्यक्त गरिन। थापाको बिशेष पहलमा गण्डकी प्रदेशमा अपांगता अधिकार सम्बन्धि बिधेयक आउने खबरले अपांगताको क्षेत्रमा कार्यरत बिभिन्न व्यक्ति र संस्थासमेत उत्साहित बनेको बताईन्छ।

“गण्डकी प्रदेश सभा सदस्य तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गर्ने हैसियतले, यो ऐतिहासिक विधेयकको निर्माणमा मेरो विशेष भूमिका रहनु आत्मसन्तोषको विषय हो। अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार, समान अवसर र समावेशी विकास सुनिश्चित गर्न यो विधेयक एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ।” सांसद थापाले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेकी छन।

उनले प्रदेश सभा सचिबालयमा दर्ता भएको बिधेयकका बारेमा सरोकारवाला संघ संस्था, समुदायका अग्रजहरुको साथ, समर्थन र सकारात्मक योगदानको अपेक्षा गर्नुको साथै अबको बाटो प्रभावकारी कार्यान्वयनतर्फ केन्द्रित हुने उल्लेख गरेकी छन।

 

७ चैत्र २०८१, बिहीबार १५:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा