Play

कास्कीमा कांग्रेसको महिला संघले होली खेल्नेसहित अन्य कार्यक्रम गर्दै

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको भात्रीसंस्था नेपाल महिला संघ कास्कीले फागुपुर्णिमाको अबसरमा बिहिबार होली विशेष कार्यक्रम गर्ने भएको  । होलि बिशेष कार्यक्रममा जिल्लाका महिलाहरु बीच शुभकामना आदान प्रदान र होलि खेल्दै एक अर्का बीच रंग दलेर रमाइलो गर्ने तयारीमा महिला संघका सदस्यहरु रहेका छन। 

नेपाली काँग्रेस कास्कीको चिप्लेढुंगा स्थित कार्यालय प्रांगणमा हुने उक्त कार्यक्रममा महिला संघका पूर्व अध्यक्षहरुको साथै महिला संघको संस्थागत बिकासमा योगदान दिएका महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको संघकी कास्की जिल्ला सभापति मिना पाण्डेले जानकारी दिईन

होलि पर्बले महिला र पुरुष सबैमा एकता र सद्भाव कायम गर्दै मनोरंजन दिलाउने विश्वासमा रमाइलो कार्यक्रम सहित सम्मान कार्यक्रम गरिन थालेको संघकी कास्की जिल्ला सचिब राममाया पौडेलले गुरुकुल खबरलाई जानकारी दिईन

यस अगाडीका केहि बर्ष फागु पुर्णिमाको अबसरमा महिला संघको नाममा जिल्ला भित्रपनि अलग अलग कार्यक्रम हुने गरेको थिए तर यसपटक भने पार्टीको जिल्ला कार्यालयको प्रांगणभित्र महिला संघको नाममा एउटामात्र कार्यक्रम गरिन लागेको बताइएको छ

२८ फाल्गुन २०८१, बुधबार २३:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा