Play

कोटीहोम हुने निश्चित, कोटीहोम रोक्न सक्रिय पोखरा महानगर अब कोटीहोमको अपनत्व लिने तयारीमा

गुरुकुल खबर


पोखरा, पोखरामा हुने भनिएको कोटीहोम महायज्ञ रोक्नको लागि पोखरा महानगरपालिकाले निरन्तर प्रयास गरिरहेकोमा अब भने महायज्ञलाई नगरपालिका स्वयम्ले अपनत्व लिएर महायज्ञ संचालन गरिने भएको छ । कास्की जिल्ला प्रशासन कार्यालयमा सोमबार पोखराका मेयर धनराज आचार्य सहित केहि वडाध्यक्ष, सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरु र महायज्ञ आयोजकहरु सहित बसेको बैठकमा पोखरामा हुने भनिएको कोटीहोम महायज्ञलाई सबैले अपनत्व लिएर सम्पन्न गर्ने तर हवन गर्ने स्थानको बारेमा भने मंगलबार बस्ने अर्को बैठकले टुंगो लगाउने सहमति भएको छ ।

‘कोटीहोम पोखराको लागि बृहत कार्यक्रम हो, त्यसैले पोखरा महानगरपालिका सहित सबै निकाय र संस्थाले अपनत्व लिएर महायज्ञ सफल पार्ने सहमति भएको छ। तर, हवन गर्ने स्थान भने परिबर्तन हुन पनि सक्छ।” महायज्ञको पक्षमा लागिरहेका विश्व हिन्दु महासंघका शंकर खरालले बैठकपछि गुरुकुल खबरसंग भने ।

कोटीहोम संचालन गर्नका लागि पोखरा -६ स्थित बाराहीघाट नजिकको नेपाल ट्रष्टको जग्गा, क्यम्पिंग चोकको जग्गा र त्यहाँ नजिकैको अर्को निजि जग्गा महायज्ञ आयोजकहरुले भाडामा लिएर आबश्यक तयारी गरिरहेका छन। महायज्ञ आयोजकका अनुसार नेपाल ट्रष्टको जग्गामा कोटी होम लगाउने. क्याम्पिंग चोकमा भजन प्रतियोगिता संचालन गर्ने र अर्को जग्गामा धार्मिक प्रवचन एबम कथा बाचन गर्ने गरि तयारी शुरु गरिएको भएपनि पोखरा महानगरपालिकाले बाराही चोकको जग्गालाई हाल प्रतिष्ठाको बिषय बनाएको कारण महायज्ञ आयोजकहरु उक्त स्थानमा भजन वा कथा बाचन गर्ने र अर्को स्थानमा कोटीहोम अर्थात हवन गर्ने सोचमा पुगेको बुझिएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा मेयर आचार्यले जग्गा सम्बन्धमा कुनै निर्णय दिन नसकेपछि मंगलबार बिहान पोखरा महानगरको कार्यपालिकाको बैठक बस्ने र उक्त बैठकबाट महायज्ञ सम्बन्धि आबश्यक निर्णय गर्न दुई जना प्रतिनिधि चयन गरेर बार्तामा पठाउने सहमति भएको बैठकका एक सहभागीले गुरुकुल खबरलाई जानकारी दिए। उनका अनुसार अबको बैठकमा पोखरा महानगरका दुई जना, महायज्ञ आयोजकको तर्फबाट दुई जना र जिल्ला प्रशासन कार्यालयको एक जना प्रतिनिधि सम्मिलित पांच जनाको समितिले कुन ठाउँमा के गर्ने भन्ने बिषयको टुंगो लगाउने सहमति सोमबारको बैठकमा भएको छ।

सोमबारको बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा महानगरको तर्फबाट मेयर आचार्य सहित वडा न. २ का वडाध्यक्ष दिवसमान प्रधानांग, वडा न. १२ का वडाध्यक्ष सन्तोष बाँस्तोला, वडा न. १३ का वडाध्यक्ष किरण बराल र १७ का वडाध्यक्ष राधिका योगी शाही र २५ न. का वडाध्यक्ष मोतिराज तिमिल्सिना, महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्री कृष्णमूर्ती, विश्व हिन्दु महासंघको तर्फबाट शंकर खराल, जिल्ला अध्यक्ष जगन्नाथ कोइराला, पार्वती पौडेल, नागरिक समाजको तर्फबाट गिरिराज अधिकारी, गणेश ढकालको साथै महायज्ञ आयोजक मानब सेवा फाउन्डेसनको तर्फबाट पनि प्रतिनिधिहरु सहभागी थिए ।

गुरुकुल खबरसंग छोटो प्रतिक्रिया दिंदै महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्री कृष्णमूर्तीले बैठकमा पोखरा महानगरको तर्फबाट पनि सौहार्दपूर्ण रुपमा कुराहरु आएको र भुमीपूजनको दिनमा भएको घटना प्रति दुख समेत प्रकट गर्दै महायज्ञको सफलताको लागि सबै पक्षको सहयोग र समर्थन जुटाउन पहल गर्ने बिषयमा गम्भीर छलफल भएको बताए। उनले महायज्ञको लागि हाल तोकिएका ठाउँ नै उपयुक्त रहेकोले आँफुहरु महायज्ञको स्थल अन्यत्र सार्ने पक्षमा नरहेको बताउंदै महानगरको कार्यपालिकाको बैठकले यस अगाडी गरेको निर्णयमा मंगलबार हुने कार्यपालिकाको बैठकले पुनरावलोकन गरि निर्धारित स्थानमा नै महायज्ञ गर्न सहमति बन्ने बिश्वास समेत ब्यक्त गरे।

बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै महानगरका प्रबक्ता तिमिल्सिनाले बाराहीघाटको जग्गामा महायज्ञ गर्न नदिने भनि यस अगाडी कार्यपालिकाको बैठकले निर्णय गरिसकेको कारण अब फेरी सोहि स्थानमा गर्न दिने कि नदिने भन्ने सम्बन्धमा मंगलबारको कार्यपालिका बैठकमा छलफल गरि निर्णयमा पुगिने जानकारी दिए । उनले कार्यपालिकाले दुई जना प्रतिनिधि चयन गरि हाल महायज्ञका सम्बन्धमा उत्पन्न बिबादको समाधानको लागि पहल गर्न पठाउने जानकारी समेत दिए।

सम्बन्धित समाचार ..

पोखरामा हुने भनिएको कोटीहोम महायज्ञ नरोक्ने अडानमा आयोजकहरु, महानगरको गेटमा धर्ना

पोखराको कोटीहोम महायज्ञ रोक्ने मागमा अदालतले दिएन ‘अन्तरिम आदेश’, महायज्ञको ७५ प्रतिशत तयारी पुरा

पोखरामा हुने कोटीहोमप्रति स्थानीय सकारात्मक बन्दै: आम्दानी खर्च पारदर्शी गर्न र सरसफाइमा ध्यान दिन आग्रह

उच्च अदालत पोखराले भन्यो ‘कानुनी रुपमा बाधा पुग्नेबाहेक लेकसाइडमा हुने महायज्ञलाई कुनै अबरोध नगर्नु’

पोखरामा कोटीहोमको तयारीमा जुटे आयोजकहरु, धार्मिक द्वन्द बढ्नसक्ने खतरा

२६ फाल्गुन २०८१, सोमबार २०:०७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा