Play

अमेरिकामा रहेका बाँस्तोलालाई ‘मानव सेवामा दर्शनशास्त्र’ बिषयमा मानार्थ डाक्टरको उपाधि

गुरुकुल खबर


न्युयोर्क (अमेरिका), करिब डेढ दशकदेखि अमेरिकामा रहेर नेपाली समुदायबीच परिचित विश्वराज वास्तोला लाई  सिआईसिए इन्टरनेसनल युनिभर्सिटीले मानार्थ डाक्टरको उपाधि प्रदान गरेको छ विशेष गरि शैक्षिक, सामाजिक र मानबअधिकारको क्षेत्रमा योगदान गरेका व्यक्तित्वलाई यो सम्मान दिने गरिएको छ।

मानव सेवामा दर्शनशास्त्र बिषयमा मानार्थ डाक्टरको उपाधि प्राप्त गरेका बास्तोलाले शिक्षा र सामाजिक क्षेत्रमा लामो समय क्रियाशील रहेर योगदान पुर्याएका छन । नेपालमा रहंदा विभिन्न विद्यालयहरूमा शिक्षक र प्रधानाध्यापक भएर काम गरेका वास्तोलाले नेपाल सरकारको विशेष शिक्षा परिषदमा विशेषज्ञको रूपमा समेत काम गरेका थिए।

उनले पोखरामा रहेर शिक्षण पेशामा संलग्न रहंदा स्थानीय एबम राष्ट्रियस्तरका पुरस्कारहरू प्राप्त गरिसकेका छन। सन २०१० मा अमेरिका गएका बाँस्तोला हाल न्युयोर्कको लंगआइल्याण्डमा बस्दै आएका छन ।

अमेरिकामा पनि नेपाली जनसम्पर्क समिति, सिसिएनयस, अन्तर्राष्ट्रिय कास्की समाज, हेमजा समाज, वहिरा समाज, एनआरएन लगायतका संस्थाहरूमा संलग्न बाँस्तोलाले स्थानीय समुदायमा उल्लेखनीय योगदान गरेको भन्दै वेस्टर वे नगरले उनलाई “ प्रभावशालि ब्यबस्थापक ” र “ मानबअधिकार रक्षक” को रूपमा सम्मान गरि सेप्टेम्बर ६ गतेको दिनलाई “विश्वराज बाँस्तोला दिवस” घोषणा गरेको थियो। यस किसिमको सम्मानलाई उच्च सम्मानको रुपमा समेत लिईन्छ।

नेपालीपन र नेपाली पहिचानको प्रबर्द्दन गर्दै गत बर्ष सप्टेम्बर- २३ मा लङआइल्याण्डको हेम्पस्टेड नगरमा नेपालको झण्डा फहराउने कार्यक्रम वास्तोलाको संयोजनमा गरिएको थियो। उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रवक्ता मोति तिमिल्सिना समेत सहभागी भएका थिए।

२० फाल्गुन २०८१, मंगलवार २३:०२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा