Play

पोखरा रंगशालामा हुने भनिएको विराट चक्र विज्ञान र स्वजागरण कार्यक्रम स्थगित, बैकल्पिक स्थानको खोजि

खेलकुद सम्बद्ध संस्था र व्यक्तिको बिरोधपछि प्रतिकुल मौसमको कारण देखाउंदै कार्यक्रम स्थगित


गुरुकुल खबर


पोखरा, पोखरा रंगशालामा आयोजना हुने भनि तयारी शुरु गरिएको विराट चक्र विज्ञान कार्यक्रम खेलकुद सम्बद्द् संस्था र व्यक्तिको बिरोध एबम मौसमको प्रतिकुलताको कारण स्थगित हुन् पुगेको छ। पोखरा रंगशालामा उक्त कार्यक्रम संचालन गर्ने तयारी हुँदै गर्दा खेलकुद सम्बद्ध व्यक्ति र संस्थाले फुटबल अभ्यास गर्ने स्थानमा जबर्जस्ती चक्र बिज्ञान कार्यक्रम संचालन गर्न लागिएको भन्दै बिरोध जनाएका थिए।

पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदान एक साताको लागि अर्थात माघ १० देखि १७ गतेसम्मको लागि माग गरिएपनि कार्यक्रमको लागि आबश्यक संरचना निर्माण गर्न दुई साता अगाडी नै मैदानमा जिबन बिज्ञानले काम शुरु गरेको थियो। जसका कारण  त्यहाँको फुटबल मैदानमा संचालन भैरहेको फुटवल प्रशिक्षण नै बन्द गर्नुपरेको थियो ।

पोखरा रंगशालामा हुने भनिएको उक्त कार्यक्रम गर्न ५० वटा अस्थायी शौचालय र मञ्च सहितको ध्यान तथा योगा केन्द्र बनाउदा करिब एक करोड रुपैया खर्च गर्ने तयारी भैरहेको थियो।

रंगशालाको खेल मैदानलाई ब्यबस्थित र आकर्षक बनाउन जिल्ला खेलकुद विकास समितिले केहि समय आगाडी मात्र १० लाख बढी खर्च गरेर दुबो रोप्ने देखि अन्य काम गरेको भएपनि जिबन बिज्ञान कार्यक्रम संचालन हुँदा रंगशालाको स्वरुप बिग्रिने र नियमित हुँदै आएका विभिन्न खेलहरु रोकिने भन्दै खेलकुद संस्थाहरुले बिरोध जनाउंदै आएका थिए ।

पोखरा रंगशाला भित्र बैकल्पिक फुटवल मैदानको ९७ हजार बर्ग फिट र आर्चरीको परिसरमा १ लाख ४० हजार बर्ग फिटमा विभिन्न अस्थायी संरचना निर्माण गर्ने प्रक्रिया अगाडी बढेको भएपनि बुधबार जिबन बिज्ञान संस्थाले उक्त कार्यक्रम स्थगित भएको भन्दै सूचना सार्बजनिक गरेको हो।

फागुन १० गते सम्पन्न हुने भनिएको स्वजागरण कार्यक्रमको समापन उत्सब सहित फागुन ११ देखि १७ गतेसम्म हुने विराट चक्र विज्ञान कार्यक्रम हाललाई स्थगित गरिएको भन्दै सुचनामा मौसम र प्राबिधिक कारणले उक्त स्थानमा कार्यक्रम संचालन गर्न नसकिएको स्पष्ट पारिएको छ ।

कार्यक्रमको लागि बैकल्पिक स्थानको खोजि भैरहेको भएपनि उपयुक्त स्थान टुंगो लागेपछी सिमित संख्यामा मानिसहरु सहभागी गराएर पुन कार्यक्रम संचालन गरिने सुचनामा उल्लेख छ । यसअघि तोकिएको स्थानमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि वेकल्पिक स्थानको खोजी गरिए पनि सम्भव नभएको आयोजकहरूले जनाएका छन ।

खेलकुद सम्बद्ध व्यक्ति र संस्थाको बिरोध संगै मंगलवारको हावा हुरी र बर्षाले आयोजकले बनाएका अस्थायी संरचनामा क्षति पुगेपछी बाध्य भएर कार्यक्रम स्थगित गर्नुपरेको बुझिएको छ।

जिबन बिज्ञान संस्थाले संचालन गर्ने कार्यक्रमको लागि गण्डकी प्रदेश सरकार सहित विभिन्न तहका सरकारबाट समेत मोटो रकम सहयोग हुँदै आएको बताईन्छ। यस अघि पनि पोखरामा जिबन बिज्ञानले गण्डकी प्रदेश सरकारको समेत सहयोगमा विभिन्न कार्यक्रमहरु संचालन गररहेको थियो।

 

७ फाल्गुन २०८१, बुधबार १३:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा