Play

एकीकृत समाजबादीको गण्डकी प्रदेश अधिबेशन सम्पन्न, अध्यक्षमा नेपाली

गुरुकुल खबर


पोखरा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध चयन भएका छन्। पोखरा सभागृहमा सोमबार सम्पन्न प्रथम अधिवेशनले ७ पदाधिकारीसहित १ सय  ४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो। नवगठित कमिटीमा अध्यक्षसहित २ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव तथा भूगोल र विभिन्न क्षेत्रका प्रतिनिधिहरू छन्। १४३ सदस्यीय कमिटीमा विभिन्न क्लष्टरका ४१ पद भने रिक्त रहेका छन्।

अध्यक्षमा निर्वाचित कृष्णबहादुर नेपाली यसअघि गण्डकी प्रदेश कमिटीका सचिव थिए। तत्कालीन सचिव प्रतापलाल श्रेष्ठ एमालेमा फर्किएपछि नेपालीलाई सचिवको जिम्मेवारी दिइएको थियो।

उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पौडेल, सचिवमा ठाकुरप्रसाद शर्मा तथा सहसचिवमा टीकाराम पौडेल, विवेक भूजेल र सुष्मा काफ्ले निर्विरोध चयन भएका छन्।

निर्वाचित अध्यक्षसहित सम्पूर्ण कमिटीलाई नेकपा (एस) का वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष मण्डलका प्रमुख राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। अधिवेशन माघ २६ र २७ गतेका लागि तय गरिएको भए पनि निर्विरोध नेतृत्व चयनको प्रक्रियाका कारण एक दिन थप गरिएको थियो।

पार्टी स्रोतका अनुसार अध्यक्ष पदका आकांक्षी बढी भएका कारण सर्वसम्मत निर्णय लिन केही समय लागेको थियो। अध्यक्ष पदका लागि कृष्णबहादुर नेपालीसहित कास्कीका प्रेमप्रसाद पौडेल, स्याङ्जाका विष्णु गिरी, गोरखाका यादव बस्नेतलगायतको आकांक्षा रहेको थियो, तर अन्ततः नेपालीलाई नेतृत्वमा चयन गरियो।

अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधिहरू, विभिन्न जनसंगठन तथा मजदुर फाँटका गरी ४ सय प्रतिनिधिहरू सहभागी थिए। नवगठित प्रदेश कमिटीको कार्यकाल ४ वर्षको हुनेछ। अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न १२ वटा उपसमिति गठन गरिएको थियो।

२८ माघ २०८१, सोमबार २०:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा