Play

आहारारा गोल्ड कप: त्रिभुवन आर्मी र ब्वाइज युनाइटेड बीच प्रतिष्पर्धा हुँदै

गुरुकुल खबर


पोखरा, २४औं आहारारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा सोमबार साविक विजेता त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनलमा खेल्न लागेको हो । गत वर्षको विजेता आर्मी भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

यी दुई टोली लगातार दोस्रो वर्ष आहारारा पोखरा गोल्डकपमा खेल्न लागेका हुन् । गत वर्ष भएको २३औं संस्करणको सेमिफाइनलमा आर्मी र चर्च ब्वाइज भिडेका थिए जहाँ चर्च ब्वाइजलाई २-१ ले हराएर आर्मी फाइनल पुगेको थियो र फाइनलमा थ्रीस्टारलाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।

यसपटक आर्मीमा राष्ट्रिय टिमका जिलेस्पी जंग कार्की, राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर विकेश कुथुलगायत खेलाडी छन्

उता बुढासुब्बा र आहारारा पोखरा गोल्डकपमा खेलाडी बाँडेर खेलाएको चर्च ब्वाइजका लागि अघिल्लो खेलमा सर्ज डिकाले कप्तानी गरेका थिए ।

यस्तै गोलकिपर टिकेन्द्र थापा थिए । टिकेन्द्रले नै तीन पेनाल्टी रोक्नै पेनाल्टीमा गोल पनि गरेपछि चर्च ब्वाइज विजयी भएको थियो ।

२८ माघ २०८१, सोमबार १०:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा