Play

कानुन ब्यबसायी परिषदमा सात प्रदेशमध्ये पांचमा डिएलएका उमेदवार बिजयी, गण्डकीबाट गौतम

गुरुकुल खबर


पोखरा, नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि भएको निर्बाचनको मतपरिणाम सार्वजनिक भएको छ ।  नेपाल कानुन व्यवसायी परिषद् पार्षदका लागि शनिबार भएको निर्वाचनको मतपरिणाम अनुसार ७ मध्ये ५ प्रदेशमा प्रजातान्त्रबादी कानुन व्यवसायी (डिएलए) का उम्मेदवार विजयी भएका छन् भने प्रगतिशील कानुन व्यवसायी संगठन (पिपिएलए) का उमेद्वार दुईवटा प्रदेशमा बिजयी भए ।

डिएलए समूहबाट कोशीमा राजु ढकाल, मधेशमा सञ्जीकुमार मल्लिक, गण्डकीमा दयाराम गौतम, लुम्बिनीमा ईश्वरीप्रसाद ज्ञवाली, सुदूरपश्चिम टेकबहादुर कठायत निर्वाचित भएका छन् । पिपिएलएका तर्फबाट बागमतीमा रविनारायण खनाल र कर्णालीमा मातृकाप्रसाद खनाल विजयी भए । पिपिएलएलाई माओवादी निकट कानुन व्यवसायीहरुको समर्थन थियो ।

ढकालले ४५०, मल्लिकले २७१, खनालले २४४९, गौतमल ३१२, ईश्वरीप्रसाद ज्ञवालीले ४३८, मातृका खनालले ७३ र कठायतले १४५ मत प्राप्त गरेका छन् ।

गण्डकीबाट परिषद सदस्यमा निर्बाचित डिएलएका दयाराम गौतम र पिपिएलएका नारायणप्रसाद शर्माको बिचमा प्रतिष्पर्धा भएको थियो।  हालको गण्डकी प्रदेश र तत्कालिन पश्चिमान्चल क्षेत्रबाट हालसम्म डिएलएका उमेद्वारहरु नै बिजयी भएको र कांग्रेस निकट कानुन ब्यबसायीहरुको संख्या बढी रहेकोले गौतमको सहज जीत हुने अनुमान गरिएको थियो ।

गण्डकीबाट निर्वाचित गौतमले पिपिएलएका उम्मेदवार नारायणप्रसाद शर्मासँग ७८ मतान्तरले विजयी भए । गौतमले ३ सय १२ मत ल्याँदा शर्माले २ सय ३४ मत प्राए । गण्डकीमा मनाङ र मुस्ताङ बाहेक ६ सय ५ मतदाता थिए ।

गौतम उच्च अदालत बार एसोसिएसन पोखराको अध्यक्ष भएर काम गरेका व्यक्तित्व हुन् भने शर्मा कास्की जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष भएर काम गरेको व्यक्तित्व हुन । गौतमले झन्डै तिन दशकदेखि बार एसोसिएसनमा आबद्द रहनुको साथै बारका विभिन्न परियोजनामा रहेर काम पनि गरेका छन ।

हालसम्म यस प्रदेशबाट निर्बाचित परिषदका सदस्यहरुमध्ये रमेशराज प्रधान, शालिग्राम बन्जाडे, कृष्णबहादुर थापा, मोहन कोइराला र मुकुन्द अर्याल सबै डिएलएबाट निर्बाचित भएको हुन । तर, डिएलएका एक उमेद्वार विश्व घिमिरेलाई पराजित गरेर पिपिएलएका हरी सुबेदी एक कार्यकाल सदस्यमा निर्बाचित हुन सफल भएका थिए ।

परिषद् कानुन व्यवसायीको अनुगमन र नियमनकारी संस्था हो । परिषद्को ऐनले प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताबाट ७ प्रदेशबाट १–१ पार्षद्को चयन गर्नुपर्ने व्यवस्था गरेको छ । महान्यायाधीवक्ताको अध्यक्षतामा रहने परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनको अध्यक्ष, सर्वाेच्च अदालतको रजिस्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित ७ प्रदेशबाट पार्षद चयन हुने व्यवस्था छ ।

उमेदवारले प्राप्त गरेको मत …

कानुन ब्यबसायी परिषद्का सात सदस्य पदमा चुनाब हुँदै, कांग्रेससंग समाजबादी, एमालेसंग माओबादी

२७ माघ २०८१, आईतवार ०८:४४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा