Play

संकटालाई पराजित गर्दै सिक्किमको थण्डर बोल्ड नर्थ युनाइटेड क्वाटरफाइनलमा

गुरुकुल खबर


पोखरा, पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा पाहुना टोली भारत सिक्किमको थण्डर बोल्ड नर्थ युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा प्रतियोगिताको तीन पटकको च्याम्पियन सङ्कटा फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै पाहुना टोली थण्डर बोल्डले प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भयो ।

खेलको १७औँ मिनेटमा सङ्कटाका मनिष पौडेलले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको २४औँ मिनेटमा थण्डर बोल्टले गोल फर्काउँदै खेल बराबरीमा ल्याउन सफल भयो ।

सङ्कटाका पौडेलले डी बक्सभित्रबाट पासाङ लामाको पासलाई सदुपयोग गर्दै गोल गरका थिए । थण्डर बोल्टले भने पेनाल्टीमा गोल ग-यो । थन्डरका टालाले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे । करन राईलाई लडाएपछि थण्डरले पेनाल्टीको मौका पाएको थियो ।

खेलको ७७औँ मिनेटमा थण्डरका करन राईले टिमका लागि दोस्रो गोल गरे । खेलमा फर्किन संघर्ष गरिरहेको सङ्कटाले ८४औँ मिनेटमा पुनः अर्को गोल खायो । थण्डरका आदर्श तामाङले विपक्षी टिमका किपर डिबक्सबाट बाहिर रहेको अवस्थामा मैदानको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

प्रतियोगितामा शनिबारदेखी क्वाटरफाइनलका खेलहरु सञ्चालन हुनेछन् । पाहुना टोली ब्रिगेड ब्वाइज क्लब यूके र विभागिय टोली नेपाल पुलिस क्लबबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ । २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने र फेयर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

२५ माघ २०८१, शुक्रबार २१:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा