पोखरा, पोखरा -१६ लामाचौरस्थित श्री इन्द्रराज्य लक्ष्मी मावि. लामाचौरमा बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर अक्षरारम्भ कार्यक्रम सम्पन्न गरियो । सोमबार आयोजित अक्षरारम्भ कार्यक्रममा करिब ३५ जना साना बाबु नानि सहभागी भएको बिद्यालयका सूचना अधिकारी सिता पौडेलले जानकरी दिईन।
सोमबार आयोजित अक्षरारम्भ कार्यक्रममा अभिभावकसहित साना बाबुनानीहरूको उल्लेखनीय उपस्थिति रहेको बताइएको छ। बाबु नानीहरूलाई टीका प्रसादका साथै शैक्षिक सामग्री प्रदान गरेर अक्षरआरम्भ गराउने कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापा , व्यवस्थापन समितिका सदस्य गोविन्द थापा, निर्मल थापा, भुवन भट्टराई, सन्जु थापा लगायतको सहभागी थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशावप्रसाद अम्गाई, सहायक प्रअ बलबहादुर श्रेष्ठ र सिता पौडेल सहित शिक्षक, कर्मचारी र बिद्यार्थी सहित अभिवाबकहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।
नर्सरी देखि १२ कक्षा सम्म पढाइ हुने उक्त बिद्यालयमा हाल १ हजार १ सय भन्दा बढी बिद्यार्थी अध्ययनरत छन बिज्ञान र ब्यबस्थापन बिषयमा पढाई हुने उक्त बिद्यालयलाई पछिल्लो समय प्रबिधिमैत्री बनाइएको छ बिद्यालयले यस अगाडी कार्य सम्पादन मुल्यांकनमा कास्की जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा पुरस्कार समेत प्राप्त गरिसकेको छ ।