Play

तनहुँको सत्रसयमा बस दुर्घटना, एकको मृत्यु, १३ घाईते

गुरुकुल खबर


काठमाडौं, पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी गाउँपालिका वडा न. १ सत्रसयमा शुक्रबार दिउँसो करिब चार बजे यात्रु बस दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने तेह्र जना घाइते भएका छन ।

दमौलीबाट आँबुखैरेनी जाँदै गरेको यात्रु बस अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर पल्टिएको थियो । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका घर भएकी २२ बर्षीय सुमिना सापकोटा रहेको प्रहरीले जनाएको छ।

घाइते भएका विभिन्न जिल्लाका १३ जनालाई उपचारका लागि अस्पतालमा पठाइएको र घटनाबारेमा प्रहरीले अनुसन्धान गर्दै रहेको बुझिएको छ ।

१८ माघ २०८१, शुक्रबार २३:४० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा