Play

कर्मचारी युनियन म्याग्दीको अधिबेशन, सुमन अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन

गुरुकुल खबर


म्याग्दी, नेपाली काँग्रेस निकट निजामती कर्मचारीहरुको संस्था नेपाल निजामती कर्मचारी युनियनको म्याग्दी जिल्लाको नबौ अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले सुमन सुबेदी अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको छ।

नबनिर्बाचित समितिको उपाध्यक्षमा प्रदिप गौतम, सचिवमा कमल शर्मा मरासिनी, सह सचिवमा तारा बानिया, कोषाध्यक्षमा गणेश पौडेल निर्बाचित भएको निजामती कर्मचारी युनियन गण्डकीका अध्यक्ष दिपक रेग्मीले गुरुकुल खबरलाई जानकारी दिए।

नयाँ कार्यसमितिको सदस्यहरुमा सस्कृती श्रेष्ठ, राम प्रसाद रेग्मी र बिराज कुमार ठाकुर चयन भएका छन यसैगरी केन्द्रिय प्रतिनिधिमा दयाराम पौडेल, सुभाष रेग्मी र सृजना शाही तथा प्रदेश प्रतिनिधिमा दिपक शेरचन, गणेश रिजाल, प्रतिमा देवि शर्मा चयन भएको बुझिएको छ।

यस अगाडी युनियनको बाग्लुङ शाखाको पनि अधिबेशन सम्पन्न भैसकेको छ भने माघ १९ गते स्यांग्जा जिल्लामा, माघ २६ गते नवलपुर र पर्बत जिल्लामा जिल्ला अधिबेशनको तयारी भैरहेको छ । युनियनका गण्डकी प्रदेश समितिका अध्यक्ष रेग्मीका अनुसार केन्द्रीय कार्यसमितिले निर्धारण गरेको समय तालिका भित्रमा नै गण्डकी प्रदेशका ११ वटा जिल्लाको अधिबेशन सम्पन्न गर्ने किसिमले आबश्यक तयारी भैरहेको छ।

गण्डकी प्रदेशमा ११ बटा जिल्ला कार्यसमिति र एक प्रदेश बिभागिय समिति समेटिने र केन्दिय अधिबेशन प्रतिनिधि, प्रदेश अधिबेशन प्रतिनिधि र प्रदेश भित्र कार्यक्षेत्र भएका केन्द्रीय पदाधिकारी र सदस्यहरु प्रदेश सभाका सदस्य रहने ब्यबस्था कर्मचारी युनियनको बिधानमा गरिएको छ  ।

एक सयजना सम्म सदस्य भएका जिल्लाबाट १ जना प्रदेश अधिबेशन प्रतिनिधि र १ जना केन्द्रीय अधिबेशन प्रतिनिधि चुनिने ब्यबस्था रहेको छ भने त्यसपछि प्रति एक सय सम्ममा थप १/ १ जना प्रतिनिधि चुनिने ब्यबस्था रहेको छ ।

यो पनि

कर्मचारी युनियन बाग्लुंगको अधिबेशन सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ समिति

१७ माघ २०८१, बिहीबार १८:४६ मा प्रकाशित
Nabintech