Play

एथलेटिक्सको विकास तथा खेलाडी उत्पादनका लागि अक्षयकोष स्थापना, एकैदिन दशलाख संकलन

गुरुकुल खबर


पोखरा,  गण्डकी प्रदेशमा एथलेटिक्स खेलको विकास तथा खेलाडी उत्पादनका लागि अक्षयकोष संकलन अभियान शुरु गरिएकोमा एकै दिन करिव १० लाख रकम संकलन भएको छ । नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले अक्षयकोश् संकलन अभियान शुरु गरेको हो।

उक्त अक्षयकोष  संकलन अभियानमा नेपाल भूतपूर्व खेलाडी मञ्चका बर्तमान अध्यक्ष दिल बहादुर गुरूङले आफ्नो स्वर्गिय श्रीमती ज्ञानु माया घलेको नाउँमा तिन लाख रुपैया सहयोग दिने घोषणा गरेका हुन् । अध्यक्ष गुरूङले ‘स्व. ज्ञानु माया घले स्मृती अक्षयकोष’को नाउँमा  सो रकम दिने घोषणा गरेका हुन् । सो अक्षयकोषमा अध्यक्ष गुरूङसहित उनका परिवारको तर्फबाट छोरा प्रतिक गुरूङ, बुहारी कृष्टिना, छोरी प्रतिज्ञा र ज्वाँइ प्रोमिस गुरूङले संयुक्त रुपमा सहयोग गर्नेछन् ।

यसैगरी अक्षयकोष स्थापनाको लागि मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले आफ्नो स्वर्गिय वुवा तेजबहादुर, आमाहरु शिवकला र खम्व कुमारी, श्रीमती विष्णु भट्टचनको सम्झनामा छोराहरू कमल, कपिल, कमलेश, श्रीमती सकुन सिंह ठकुरीसहित परिवारको तर्फबाट रु १ लाख ११ हजार १११ दिने घोषणा गरेका छन् ।

त्यस्तै निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीले आफ्ना स्वर्गिय वुवा भोजराज पराजुली र आमा यमकलाको स्मृतीमा १ लाख ७ हजार ७७७ प्रदान गर्ने घोषणा गरे भने पूर्व अध्यक्ष तेज बहादुर गुरूङले आफ्ना बुवा र आमाको स्मृतीमा स्थापित इन्द्र-मनबहादुर गुरूङ अक्षयकोषबाट मञ्चको अक्षयकोषको लागि नगद १ लाख ११ हजार १११ दिने घोषणा गरेका छन् ।

मञ्चद्वारा स्थापना गर्नलागेको अक्षयकोषको लागि मञ्चका सल्लाहकार समितिका संयोजक मेजर दिल बहादुर गुरूङले आफ्ना स्वर्गिय माता पिता बखत बहादुर र कन्या कुमारी (गौरा)को स्मृतीमा नगद १ लाख ११ हजार १११ र मञ्चका सल्लाहकार महेश गुरूङले नगद १ लाख १ हजार १११ दिने घोषणा गर्दै स्वदेश तथा विदेशबाट यो अभियानमा सहयोग जुटाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यसै गरी मञ्चले सुरू गरेको यो अभियान महत्वपूर्ण रहेको र खेलकुद विकासका लागि कोशेढुङ्गा हुने बताउँदै पोखरा १४ निवासी समाजसेवी एवं मञ्चका आजिवन सदस्य पदम कार्कीले नगद १ लाख १ हजार १११ दिने घोषणा गरेका छन् भने मञ्चकै कार्यसमिति सदस्य एवं गण्डकी प्रदेश सेपाकताक्रो संघका अध्यक्ष श्याम श्रेष्ठले ५१ हजार दिने घोषणा गरेका छन् ।

अक्षयकोष स्थापनाका लागि युके निवासी समाजसेवी योगेश गुरूङले यूकेमा संकलित ८ लाख  रुपैया यस अघि नै नेपाल भूतपूर्व खेलाडी मञ्चलाई हस्तान्तरण गरिसकेका छन् ।

दुई करोड रुपियाको अक्षयकोष स्थापना गर्ने अभियानका साथ सुरू गरिएको उक्त अभियानले अब मुर्तरुप पाउनेमा आफू विश्वस्त रहेको अध्यक्ष गुरूङले जनाएका छन् । उनले भने–“यो अक्षयकोष केवल रकम संकलनका मात्रै गरेका होइनौं । यसमा एथलेटिक्स खेलको विकासका लागि यूवा खेलाडी उत्पादन संगै मञ्चले सुरू गरेको साप्ताहिक/मासिक दौड र पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि हो ।” उनले अक्षयकोषको रकम जसले जुन उद्धेश्यका लागि दिन्छ, त्यही उद्धेश्यमा अक्षयकोषको व्याजबाट मात्रै सञ्चालन गरिने बताए ।

१५ माघ २०८१, मंगलवार ०८:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा