Play

पोखरा म्याराथनमा भाग लिन तेश्रो पटक नेपाल आउंदै गुरुङ, सहयोगको लागि आग्रह

गुरुकुल खबर


पोखरा, पोखरामा हरेक बर्ष संचालन हुँदै आएको अन्तराष्ट्रियस्तरको दौड़ प्रतियोगिता “पोखरा अन्तराष्ट्रिय म्याराथन” मा अष्ट्रेलियामा रहेका पोखरेली खेलाडी धाबक चन्द्र गुरुङले यस बर्ष पनि सहभागिता जनाउने भएका छन।

नेपाल भुतपुर्ब खेलाडी मन्च मुख्य आयोजक रहेको उक्त प्रतियोगिताको १९ औं शृंखला आगामी फागुनमा पोखरामा हुँदैछ भने गुरुङले प्रतियोगितामा सहभागिता तेश्रो पटक सहभागिता जनाउंदै छन।

गुरुङ मन्चको आजिबन सदस्य र पोखरामा हुने अन्तराष्ट्रिय म्याराथनको लागि अष्ट्रेलिया संयोजक समेत भएकोले उनले आर्थिक सहयोग संकलन गरि केहि धावकहरुलाई समेत प्रतियोगितामा सहभागी गराउने गरेको बुझिएको छ।

यसपटक गुरुङले आफु ५० बर्ष पुगेको अबसरमा बिशेष लक्ष सहित पूर्ण म्याराथन अर्थात ४२ किमी १ सय ९५ मिटरको दुरी  पार गर्ने लक्ष राखेका छन। ‘ यो दौड आममानिसको लागि निकै जटिल मानिएपनि असंभव छैन, यस अगाडी पनि दुईपटक पुरा दौड पुरा गरेको कारण यस पटक केहि उपाधि समेत चुम्ने लक्ष मी राखेको छु।’  अष्ट्रेलियामा रहेका गुरुंगले गुरुकुल खबरसंग भने।

उनले आफ्ना शुभचिन्तकहरुसंग आर्थी सहयोग गरिदिन समेत आग्रह गरेका छन। ‘तपाईको सानो सहयोगले मेरो लक्ष हासिल गर्न ठुलो मद्दत पुग्नेछ भन्नेमा पुरा बिश्वास छ र सहयोग संकलन गर्ने अभियान माघ महिनासम्म रहनेछ।’

गुरुङले  गुरुकुल खबरसंग भने, यसरि संकलन गरिएको रकम पोखराको खेलकुद क्षेत्रको बिकासमा नै खर्च हुनेछ। सहयोगको अपेक्षा गर्दै उनले आफ्नो क्युआर समेत सार्बजनिक गरेका छन।

११ माघ २०८१, शुक्रबार १९:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा