पोखरा, नेपाली लोकदोहोरी अन्तर्गत प्रत्यक्ष दोहोरी गायनमा दर्शक श्रोताले रुचाएको जोडी रेशम निर्दोष र सीता परियारको स्वरमा मौलिक पन्चेबाजा सहितको नयाँ गीत ‘ढल्यो लाँकुरी’ हालै सार्बजनिक भएको छ।
गीत लेखनमा सफल सर्जक मानिने रमेश बिजीको शब्द रचना रहेको उक्त गीत गण्डक क्षेत्रमा गुन्जिने मौलिक लयमा सिर्जना गरिएको छ। गीतको लय संकलन रेशम निर्दोषले गरेका छन भनें एरेन्ज , मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले गरेका छ्न भने गीतको रेकर्डिङ राज खड्काले गरेका हुन ।
नेपाली गीत संगीतको विभिन्न बिधा मध्ये पन्चेबाजा ,नौमती बाजा एक रसिलो बिधा हो ,जसमा विभिन्न रागहरुले फरक फरक मिठास बोकेका हुन्छन् । विशेष गरि बिहे र शुभ कार्यहरुमा बज्ने यो धुन ,आजभोली भोज, पार्टी र उत्सब महोत्सवहरु सर्बत्र गुन्जिने गर्दछ । सुन्दा र हेर्दा जोश र उर्जा बढ्ने गरि निर्माण गरिने यो बिधा आम नेपालीहरु माझ लोकप्रिय मानिन्छ।
हिंउंदे मौसम शुरु भएपछि बजारमा यस किसिमका बाजागीतहरु आउने गरेकोमा यस पटक सिता र रेशमले पनि एउटा ‘ढल्यो लाँकुरी’ नयाँ गीत बजारमा ल्याएका हुन ।
तनहुं, भानुचौकाको विभिन्न रमणीय स्थानहरुमा पहिलो पटक यो गीतको भिडियो छायांकन भएको हो । छायांकन करन चैसिर,सम्पादन अमृत चापागाईंले गरेका र श्रीङ्गार कविता तोलाङ्गीको रहेको यप गीतको निर्माण भने पूर्ण परियारले गरेका हुन ।
रेशम निर्दोषको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा रेशम निर्दोष ,जुना गुरुङ पूर्ण परियार र सीता परियारको अभिनय रहेको छ । बाग्लुङे कोइली भनेर चिनिने सीता परियारका लाइभ दोहोरी र अन्य अफिसियल गीतलाइ दर्शक श्रोताले रुचाउंदै आएका छ्न ।
उनको युट्युब च्यानल मार्फत माघे सक्रान्तिको अवसर पारेर माघ १ गते नै सार्बजनिक गरिएको यो गीत टिकटक लगायतका म्युजिक प्लेटफर्महरुमा समेत दर्शकले रुचाएको देखिन्छ ।