Play

केपी ओली नेतृत्वको सरकार स्वेच्छारी बन्यो, रबिमाथि प्रतिशोध साधियो- बिपक्षी दल

गुरुकुल खबर


काठमाडौँ,  केपी ओली नेतृत्वको बर्तमान सरकार सरकार स्वेच्छाचारी बन्दै गएको ठहर सरकार बाहिर रहेका विभिन्न दलले गरेका छन। काठमाडौँको सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले संसद् छलेर अध्यादेशहरु ल्याएको मात्र नभएर सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष बैठकले निकालेको छ।

बैठकले संसद छलेर अध्यादेश ल्याईएको भन्दै त्यसको विरोध गरेको छ र संसद्को अधिवेशन बोलाउन पनि माग गरेको छ ।  यदि सरकारले नियमित बैठक नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्ने सम्मको तयारी भएको बैठक पछि माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।

विपक्षी दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साधेर निरन्तर दमनको शैली अपनाएको  ठहर गरेको छ । बैठकमा पार्टी सभापति रवि लामिछानेको विषयमा छलफल भएको रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए ।  उनले समान किसिमको घटनामा सत्ता घटक दल निकट रहेकाहरूलाई बिहान अदालत लगेर साँझ छाड्ने गरेको तर‚ सभापति लामिछानेमाथि प्रतिशोध साधिएको ठहर बैठकले गरेको बताए ।

‘सहकारीको विषयमा कसैलाई बिहान अदालतमा ल्याएर साँझ छोडेको छ । सञ्चालकहरूलाई पनि त्यसरी छाडेको छ । रविजीमाथि राज्यको प्रतिशोध हो । यस किसिमको दमन व्यवहार गर्नुहुँदैन भन्ने बैठकको निष्कर्ष रह्यो‚’ उनले भने ।

‘सरकारलाई सदन बोलाउन दबाब दिने विषयमा छलफल भयो। सरकारले विपक्षी दलहरूको आवाजलाई नसुन्ने हो भने विशेष अधिवेशनसमेत माग गर्नुपर्ने हुन सक्छ। हामीले यही विषयमा छलफल गरेका छौं,’ उनले भने। ‘संसद अधिवेशन नबोलाउने तर अध्यादेशबाट शासन चलाउन खोज्ने सरकारको कार्यशैलीप्रति सबै विपक्षी दलको आपत्ति नै रह्यो,’ उनले भने।

बैठकमा माअ‍ोवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राप्रपा, आम जनता पार्टीलगायतका दलका शीर्ष नेताहरू सहभागी थिए।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बैठक बसेको हो। बैठकमा प्रचण्ड, रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेताहरूबीच कुराकानी भएको हो।

२ माघ २०८१, बुधबार १३:११ मा प्रकाशित
Nabintech