Play

माछापुच्छ्रे बैंकको साधारण सभा पोखरामा सम्पन्न : खनाल, भण्डारी र श्रेष्ठ संचालकमा निर्बाचित

गुरुकुल खबर


पोखरा, पोखरामा प्रधान कार्यालय राखेर स्थापना भएको माछापुच्छ्रे बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै बैंकको तीनजना संचालक सदस्य निर्बाचित गरेको छ

साधारण सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको संचालक समितिका अध्यक्ष रोशन केसीले गुरुकुल खबरलाई जानकारी दिए ।

साधारण सभामा बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीलाई कम गर्दै ग्राहकलाई जोखिम रहित सेवा प्रदान गर्न बैंकले नयाँ–नयाँ प्रविधिलाई आत्मसात गर्दै आइरहेको बताए ।

अध्यक्ष केसीले समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्‍याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गरिएको समेत जानकारी गराए ।

उनले कृषि, नविकरणीय ऊर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा लगानी विस्तार गर्ने कार्यलाई बैंकले  सदैब प्राथमिकतामा राखेर अगाडि बढिरहेको स्पष्ट पारे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफाभन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको बताउंदै नाफा कमाउने भन्दा पनि आफ्ना ग्राहकलाई राम्रो र गुणस्तरयुक्त सेवा प्रबाह गर्न बैंक प्रतिबद्ध रहेको बताए । उनले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न बैंक निरन्तर लागि परिहेको बताए ।

साधारण सभाले जीपी राजबाहक एन्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

२९ पुष २०८१, सोमबार १९:३५ मा प्रकाशित
Nabintech