पोखरा, पोखराको अमरसिंहचौरमा हुने महोत्सवलाई सफल बनाउन स्थानीय संघ संस्थाहरुले साथ दिने भएका छन । आगामी पुषको २५ देखि माघको ७ गते सम्म हुने १३ औं पोखरा महोत्सवलाई सफल बनाउन विभिन्न संघसंस्थाले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।
पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झांकी तथा र्यालीमा पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले स्वतस्फुर्त रुपमा सहभागी भइ महोत्सवलाइ सहयोग गर्ने निर्णय गरेका हन ।
संघसंस्थाका प्रतिनिधिहरुको भेलामा बोल्दै सुमार्ग टोल बिकास संस्थाका अध्यक्ष तारा प्रसाद तिवारीले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले सामाजिक काम गरेकै कारण विगतका महोत्सवहरुमा समेत आफुहरुले साथ र सहयोग प्रदान गर्दै आइरहेको वताए ।
हिमाल आमा समुहकी अध्यक्ष तारा सापकोटाले पोखरा महोत्सवमा आफुहरुको उल्लेख्य सहभागीता रहने बताइन । पाटन बेसीका सम्झना गुरुङले महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न आफुहरुको तर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता जनाइन ।
युनाईटेड क्लबका संस्थापक अध्यक्ष तथा तेह्रौं पोखरा महोत्सव अतिथि ब्यवस्थापन उपसमिति संयोजक हिमालय बख्रेलले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रबर्द्दन र पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहल गरेको जानकारी दिए
चिडियाखाना निर्माणमा हाल सम्म ५८ लाख ८५ हजार रुपैया खर्च गरिएको जानकारी दिंदै उनले हाल चिडियाखाना निर्माणको काम प्रदेश सरकार मातहतमा रहेको र यसलाई खुल्ला चिडियाखानको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
पोखरा महोत्सव झांकी र्याली तथा संघ संस्था ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले पोखरा महोत्सवलाई सफल बनाउनका लागि पोखरामा रहेका विभिन्न संघ संस्था, टोल बिकास, आमा समुह, महिला समुह लगायतको महत्वपूर्ण भुमिका रहेको बताए ।
युनाईटेड क्लबका अध्यक्ष तथा तेह्रौं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव पोखरेलीको महोत्सव भएकाले सम्पूर्ण पोखरेलीको साथ र सहयोग आवश्यक रहेको बताए ।
युनाईटेड क्लबका महासचिव तथा तेह्रौं पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा तेह्रौं पोखरा महोत्सव झांकी र्याली तथा संघ संस्था ब्यवस्थापन उपसमितिका सदस्यहरु उत्तम जोशी र गिता भण्डारी, प्रगतिशिल टोल बिकास संस्थाको अध्यक्ष अग्नि कुमार श्रेष्ठ, संगम टोल बिकास संस्थाका अध्यक्ष धनराज पौडेल लगायतले बोलेका थिए ।