Play

प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा हुने, विभिन्न उपसमिति गठन

गुरुकुल खबर


पोखरा,  नेकपा माओबादी केन्द्र निकट रहेका पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको कास्की जिल्ला समितिको  छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुने भएको छ । प्रेस सेन्टर कास्कीको बुधबार बसेको कार्यसमिति बैठकले अधिवेशनको मिति तोकेको हो ।

प्रेस सेन्टरका जिल्ला शाखा अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्न बिभिन्न उपसमितिहरु समेत गठन गरेको छ । प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन माघ १५ गते हुने तय भएकोले त्यस अगाडिनै  । शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न हुने बताइएको छ।

कास्कीको अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहेको मूल व्यवस्थापन समिति, उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा सदस्यता नविकरण तथा अभिलेखिकरण उप समिति गठन गरिएको छ ।  बराल संयोजक रहेको उपसमितिमा सहसचिव सुरेशराज अधिकारी र कविता घर्तिमगर सदस्य रहेका छन ।

उपाध्यक्ष शोभा बरालको संयोजकत्वमा सदस्यहरु सबिना राना र  सन्तोष परियार रहेको अतिथि सत्कार उपसमिति पनि गठन गरिएको छ । सचिव पुष्प दाहालको संयोजकत्वमा गठित प्रचारप्रसार उपसमितिको सदस्यहरुमा वलराम तिमिल्सिना र अर्जुन हिताङ रहेका छन ।

यसैगरी कोषाध्यक्ष श्रीभद्र पौडेलको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति गठन गरिएको र उक्त उपसमितिमा शिवराज बस्ताकोटी, सरोज अधिकारी, रवि दाहाल र खगेन्द्र अर्याल सदस्य रहेको छन् भने केन्द्रीय सचिव माधव पनेरुको संयोेजकत्वमा गठन गरिएको अधिवेशन निर्देशक उपसमितिमा राजेन्द्र अधिकारी, अमृतराज उपाध्याय र विभु भुसाल सदस्य रहेका छन।

केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज सन्देश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु दीपक परियार, राधिका कँडेल, रामप्रसाद तिमिल्सिना र  सञ्जय मल्ल, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, सचिव विनुकुमारी थापा र कोषाध्यक्ष विश्वराज सुवेदी रहेको अनुगमन समिति गठन गरिएको छ ।

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि अग्रज पत्रकार विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गोमा घिमिरे र अधिवक्ता गोविन्द पौडेल रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरेको छ ।

बैठकमा नेपाल पत्रकार महासंघको निर्वाचनमा कास्की जिल्ला कार्यसमितिमा निर्वाचित् पुष्प दाहाल र कविता घर्तिमगर, प्रदेश परिषदमा निर्वाचित घनश्याम पाण्डे र शिवराज बस्ताकोटी तथा केन्द्रीय परिषद् सदस्यमा निर्वाचित दीननाथ बराललाई बधाई ज्ञापन गरिएको थियो ।

सो बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रामजी प्रसाद बरालले प्रेस सेन्टर नेपालले जनताका मुद्धा र जनताका समस्याहरु सञ्चार माध्यममा उठाउनुपर्नेमा जोड दिए। बैठकमा अग्रज पत्रकार कोमलनाथ बराल, विश्वप्रकाश शर्मा, प्रेस स्वतन्त्रता सेनानी पदम रेग्मी, माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा विक, प्रेस सेन्टरका केन्द्रीय सचिव माधव पनेरु, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे लगायतले आआफ्नो भनाई राखेका थिए।

१७ पुष २०८१, बुधबार २२:४९ मा प्रकाशित
Nabintech