Play

बेलायतको लन्डनमा पोखरेली ब्याण्ड ‘कन्दरा र स्वप्न सुमन कन्सर्ट’ हुँदै

गुरुकुल खबर


लन्डन, बेलायतको लन्डन इण्डिगो एट ओटुमा  यहि जनवरी ४  शनिबारको दिन कन्दरा र स्वप्न सुमन कन्सर्ट हुने भएको छ । आयोजक मामाघर इन्टरटेनमेन्ट लि. ले दिएको जानकारी अनुसार कार्यक्रमको तयारी करी ब पुरा भएको छ ।

मामाघर इन्टरटेनमेन्ट लि. का निर्देशक विमल तिमिल्सेनाले ब्याण्ड स्थापनाको ३२ वर्षपछि लन्डनमा पहिलोपटक कन्दरा कन्सर्ट हुन लागेको भन्दै ‘इभेन्ट फर अल जेनेरेसन’ अन्तर्गत स्वप्न सुमन र उनको आस्टर्स व्याण्डसमेत कार्यक्रममा सहभागी हुने जानकारी दिए ।

तिमिल्सेनाले आफू कन्दराको फ्यान भएको र कार्यक्रम पनि प्रतिष्ठित भेन्यु ओटुमा गर्न लागिएको जानकारी दिंदै कार्यक्रम हेर्न युरोप, स्कटल्याण्ड, वेल्स् र मिडल्याण्डबाट समेत दर्शक आउन लागेका उनले बताए।

नेपालबाट दुई व्याण्डका कुल १५ जना कलाकार आउने र भेन्यूसमेत महंगो भएकाले यसको खर्च झण्डै ९० हजार पाउण्ड लाग्ने भएपनि टिकट बिक्रि हेर्दा आफुहरुको कार्यक्रम सफल हुने बिश्वास ब्यक्त गरे।

कार्यक्रममा मामाघर इन्टरटेनमेन्ट लि. की कान्ति गुरुङ श्रेष्ठले फरक पहिचान बोकेको ब्याण्ड कन्दरा र युवा ढुकढुकी स्वप्न सुमन बेलायतमा आउन लागेकाले बेलायतको नेपाली समुदायबाट पनि सहयोग मिल्ने बिश्वास ब्यक्त गरिन । उनले बेलायतमा भइरहेका अन्य कार्यक्रमभन्दा यो पृथक र विशेष भएको उल्लेख गर्दै आफ्नै क्षेत्रको पोखरेली ब्याण्ड यूकेमा गुन्जाउन पाउंदा खुशी लागेको बताइन् ।

मामाघरकै दीपक खड्काले प्रतिष्ठित भेन्यूमा गुणस्तरिय कन्सर्ट हुन लागेका भन्दै नेपाली समुदायको सहयोगको अपेक्षा गरे।

१६ पुष २०८१, मंगलवार ०८:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा