पोखरा, पोखराको पर्यटन प्रबर्द्दन गर्ने लक्षका साथ हरेक वर्ष पोखराको लेकसाइडमा हुँदै आएको ‘पोखरा सडक महोत्सब’को तयारी पुरा भएको छ। अंग्रेजी नयाँ बर्षको अवसर पारेर रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले गर्दै आएको महोत्सबको यस बर्ष २६ औं शृंखला हुनलागेको हो।
शनिबार महोत्सबको औपचारिक उद्घाटन उद्घाटन नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गर्ने आयोजक रेवान पोखराले जनाएको छ । कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाती, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितीमा साँस्कृतीक झाँकी सहितको र्याली निस्कने महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुण कुमार शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका उप–अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, कृष्णदल गण फुलबारी ब्यारेक पोखराका सन्दीप केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, यातायात तथा पार्किङ समितिका संयोजक चिरञ्जीवी पोखरेल लगायतको उपस्थितीमा सुरक्षा परिषद् बैठक सम्पन्न गरेको थियो ।
यसका लागि आबश्यक सबै तयारी पुरा भएको महोत्सब आयोजकले जानकारी दिएका छन । महोत्सबको लागि लेकसाइड क्षेत्रमा ध्वजापताका टाँग्ने, स्वागत गेट बनाउने, स्टल र स्टेज बनाउने जस्ता काम सकिएको छन।
ततकालिन समयमा पोखराको लेकसाइडका ब्यबसायीहरुले नेपालीहरु वा आन्तरीक पर्यटकहरुलाई पाहुना वा ग्राहकको रुपमा खासै स्वीकार नगर्ने र आम नेपालीहरुमा पनि लेकसाइड क्षेत्र बिदेशी पर्यटकहरुमात्र जाने खाने वा बस्ने ठाउ हो भन्ने किसिमले सोच्ने गर्दथे।तर मङ्सिर, पुष, माघको समयमा चिसो पनि बढ्ने र नेपाल घुम्न आएका बिदेशी पर्यटकहरु फर्किने सिजन भएकोले यो समयमा लेकसाइड क्षेत्र करिब सुनसान जस्तै हुने गरेको थियो।
लेकसाइड क्षेत्रका ब्यबसायीहरुले पनि यो समयलाई अफसिजनको रुपमा लिने गरेको सम्झिन्छन । लेकसाइडका पुराना रेस्टुरेन्ट ब्यबसायी गणेश बहादुर भट्टराइ भट्टराई सन १९९७ यस्तै अफसिजनको समयमा भारतको गोवा घुम्न गएको थिए। त्यसबेला गोवामा ‘फूड एण्ड म्युजीक फेस्टिबल’ चलिरहेको थियो। त्यहाँको फेस्टिबलमा हस्तकलाका सामान, खानाका परिकार र सांगीतिक मनोरंजनमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल समेत देखेपछि भट्टराईको मनमा पोखरामा पनि यस्तै फेस्टिबल गर्ने हो भने अफसिजनमा पनि ब्यबसायीहरुलाई केहि राहत पुग्ने र पोखरा आउने आन्तरिक एबम बाह्य पर्यटकको संख्या बढाउन सकिन्थ्यो कि भन्ने लाग्यो।
भारतको गोवाबाट पोखरा फर्किए पछि भट्टराईले रेबानको तत्कालिन अध्यक्ष एबम हंग्री आई रेस्टुरेन्टका संचालक हरीप्रसाद गुरुङ सहित साथीभाई संग बसेर सल्लाह गरे। भट्टराई स्वयम नै त्यसबेला रेबानको उपाध्यक्ष भएको र लेकसाइड क्षेत्रमा सिमित ब्यबसायी मात्र भएकोले गोवाको जस्तो फेस्टिबल गर्नेकुरामा सबैको सहमति नजुट्ने कुरै भएन। त्यस पछि १९९८ मा उनीहरुले हालको बाराहीचोक अर्थात हंग्री आई रेस्टुरेन्ट देखि हालको सेन्टर पोइन्ट अर्थात टी टाइम रेस्टुरेन्टसम्मको छोटो दुरीमा ‘लेकसाइड स्ट्रिट फेस्टिबल’ भनेर पहिलो पटक कार्यक्रम आयोजना गरे ।
भट्टराईका अनुसार बिदेशी पर्यटकहरुको अफसिजन भएपनि स्वदेशी पर्यटकहरुलाई लेकसाइड क्षेत्रका होटल रेस्टुरेन्टमा आतिथ्यता गर्ने बाताबरण सिर्जना गर्ने, विभिन्न जातजातीहरु बीच जातीय सद्भाव कायम गर्ने, उनीहरुको संस्कृति र परम्पराको संरक्षन र प्रबर्द्दन गर्ने तथा हस्तकला सहितको स्थानीय उत्पादनलाई बजारीकरण गर्ने प्रमुख लक्षका साथ १९९९ बाट यसलाई बृहत रुप दिन लागिएको हो।
त्यस बर्ष तत्कालिन राजा बीरेन्द्र बिरबिक्रम शाहको जन्मोत्सव मनाउने कार्यक्रम सहित लेकसाइड क्षेत्रमा सडक महोत्सब गरिएको थियो। तत्कालिन राजा बीरेन्द्रले समेत पर्यटकहरुको अफसिजन रहेको समयमा केहि नयाँ कार्यक्रम गर्न प्रेरणा दिएपछि वहाँकै जन्मोत्सव मनाउने सहित फेस्टिबललाई बृहत रुप दिईएको भट्टराईले गुरुकुल खबरलाई जानकारी दिए ।
फेस्टिबलको समयमा स्थानीय होटल एबम रेस्टुरेन्ट ब्यबसायीहरुले नेपाली तथा आन्तरिक पार्यटकहरुलाई समेत विभिन्न छुटको प्याकेज ल्याउन थालेपछि मात्र लेकसाइड क्षेत्रका ब्यबसायिहरु र आन्तरिक पर्यटकहरुबीच आपसी सम्बन्ध बिस्तार भएको र ब्यबसायिक गतिबिधि बढ्न लागेको भन्दा अत्युक्ति हुँदैन । एक ब्यबसायी भन्छन – आन्तरीक पर्यटकहरुले छोटो समयमा नै मोटो रकम खर्च गर्छन, जबकी केहि बिदेशी पर्यटकहरु एउटा कफी वा बियरको भरमा घन्टौंसम्म समय बिताएरा रेस्टुरेन्टमा बस्ने गर्छन।
बिदेशी पर्यटकहरुको चाप घटेको बेला क्यालेन्डरको रुपमा सडक महोत्सबलाई निरन्तरता दिईन थालेपछि नेपालको विभिन्न भागबाट आन्तरिक पर्यटकहरु यहि समय पारेर पोखरा घुम्न आउने गरेको छन। यसका साथै स्थानीय सर्बसाधारण समेत महोत्सबको समयमा लेकसाइड क्षेत्रमा पुग्ने गरेको कारण स्थानीय सहित नेपालको विभिन्न जिल्लाबाट घुम्न आउने र विभिन्न मुलुकका पर्यटकहरु समेत गर्दा लाखौँको सङ्ख्यामा मानिसहरुको जमघट पोखराको सडक महोत्सबका क्रममा हुने गरेको छ।
अंग्रेजी नयाँ बर्षको अबसरमा नेपाल र भारतका विभिन्न पर्यटकीय क्षेत्रमा घुम्न जाने पर्यटकहरुलाई आफ्नै देश र त्यसमाथि पोखरामा घुम्न आउने बाताबरण सिर्जना गर्न र पोखरामा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सडक महोत्सब प्रभावकारी बनेको रेबान पोखराका महासचिब बिरेन्द्र शेरचन बताउछन।
शेरचनले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार महोत्सबको पाँच दिनको अबधिमा पांच लाख भन्दा बढी आन्तरिक एबम बाह्य पर्यटकहरु पोखरा भित्रिने अनुमान गरिएको छ। यस अगाडी महोत्सब ७ दिनसम्म गरिएका उदाहरण समेत छन। क्रिसमसको दिन देखि नयाँ बर्षको भोलिपल्ट सम्म पनि सडक महोत्सब हुने गरेकोमा यस बर्ष भने बिभिन्न कारणले ५ दिन मात्र महोत्सब गरिने भएको हो।
पुष १३ अर्थात डिसेम्बर २८ बाट पुष १७ गते अर्थात् जनवरी १ गते सम्म हुने सडक महोत्सबलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि रेबान सहित पर्यटनसंग सम्बन्धित अन्य संघसंस्थाहरु समेत सक्रियता पुर्बक लाग्ने गरेको छन। तर यसपटक रेबानको सडक महोत्सब लेकसाइडमा चल्ने अबधिमा फेवाताल माथिल्लो भाग पामेमा हट एअर बेलुन र फेवातालमा चिनियाहरुको ड्रागन बोट रेस लगायतका कार्यक्रम आयोजना गरिएकोमा केहि पर्यटन ब्यबसायीहरुले रेबानको सडक महोत्सबलाई प्रभावित गर्ने किसिमले कार्यक्रम तय गरिएको भन्दै चिन्ता प्रकट गरेका छन।
‘रेबानको कार्यक्रम हरेक वर्ष यहि समयमा हुँदै आएको छ। तर यो महोत्सबको कार्यक्रम प्रभावित हुने गरि सोहि समयमा बेलुन फेस्टिबल र ड्रागन बोट रेस जस्ता कार्यक्रम आयोजना गरिएकोमा रेबानका महासचिब शेरचनले समेत चिन्ता प्रकट गरे। ‘पोखरा पर्यटकीय राजधानी भएकोले यस किसिमका पर्यटकीय गतिविधिहरु मासिक रुपमा वा त्यो भन्दा बढी हुनुपनि राम्रो हो तर एउटा कार्यक्रमले अर्को कार्यक्रम प्रभावित हुनुभएन त्यस कारण समय मिलाएर यस किसिमका कार्यक्रम गर्ने र सबै जसो संस्थाहरुबिचा समन्वयको जरुरी छ’ उनले भने ।
अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतार्थ आयोजना गरिने पोखरा सडक महोत्सव लेकसाइडको तीन किलोमिटर क्षेत्रमा संचालन हुनेछ। हरेक वर्ष एकै समय र अवधिका लागि मेला चल्छ। महोत्सव अवसरमा व्यावसायीले सडक किनारमा रेस्टुरेन्ट राखेर पाहुनाका लागि खाना पस्किन्छन।
महोत्सब कार्यक्रमका संयोजक विकास भट्टराइले अघिल्ला वर्ष भन्दा भव्य बनाउने गरि महोत्सवको तयारी गरेको बताए। विभिन्न संस्कृति, खाना र म्यूजिकलाई प्राथमिकता दिएर मेला आयोजना गरिरहेको र यसले पोखरामा सबैखाले पाहुना आकर्षित हुने उनले बताए। ‘सबैखाले र उमेर समूहका पाहुनाका लागि मेलाले कुनै न कुनै रुपमा मनोरञ्जन दिलाउनेछ, उनले भने।
रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार पोखराको लेकसाइड क्षेत्रको तीनकिलोमिटर क्षेत्रमा महोत्सव हुनेछ। ‘सडकमै खाउ, सडकमै रमाउँ र सडकमै नाँचौं,’ भन्ने नाराका साथ हुने महोत्सव पर्यटकीय गतिविधि बढाउने नेपालकै बिशेष कार्यक्रम मान्न सकिन्छ ‘पछिल्लो समय यो महोत्सव पोखरालाई मात्र नभई सिंगो नेपाल चिनाउने माध्यम बनेको छ। किनकी महोत्सव भनेरै घुम्नका लागि विदेशी पाहुना समेत पोखरा आउने गर्छन।’
यसपटक पनि बिगतमा जस्तै विभिन्न परम्परा र संस्कृति झल्कने झाँकी सहित लोकदोहोरी, आधुनिक र पप गीत सहित विभिन्न कलाकार र ब्याण्डको सांगीतिक कार्यक्रम गरिनेछ। रस्साकस्सी, डुंगा दौड, वेटर दौड सहित यस पटक कुकहरुको लागि पनि बिशेष कार्यक्रम गरिने भएको छ।
महोत्सबमा मनोरंजन संगै पर्यटकीय गतिबिधि कसरि बढाउने भन्ने सम्बन्धमा टक शो गरिने भएको छ टक शोमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी, पाटा नेपालका अध्यक्ष खेम लक्काई, पोखरा पर्यटन परिषदका संस्थापक अध्यक्ष अशोक पलिखे र पर्यटन उद्यमी शिब ढकाल सहभागी भएर आगामी बर्ष पोखरा भ्रमणको लागि अवसर र चुनौती बिषयमा आआफ्नो बिचार दिने टक शो कार्यक्रमका संयोजक बसन्त गौतमले गुरुकुल खबरलाई जानकारी दिए ।
पोखराको पर्यटन प्रबर्द्दन गर्ने र पर्यटकीय गतिबिधि बढाउन महोत्सबको भूमिका महत्वपुर्ण रहेपनि यसलाई थप प्रभावकारी बनाउन राज्य पक्षबाट पनि सहयोग हुनुपर्नेमा अपेक्षा गरे अनुरुप सहयोग नभएको गुनासो व्यवसायीको छ। महोत्सबकै समयमा अन्य पर्यटकीय गतिबिधि संचालन गर्न अनुमति दिएर कार्यक्रम जुधाउने, महोत्सब अबधिमा वा अन्य समयमा आन्तरिक एबम बाह्य पर्यटकहरुले स्थानीय उत्पादन र हस्तकलाका उत्पादनहरु कोशेलीको रुपमा लैजाने अबस्था निर्माण गर्न उपयुक्त नीति बनाउने तर्फ कुनै चासो नराख्ने जस्ता कुराले स्थानीय एबम प्रदेश सरकारलाई महोत्सबको सहयोगीको रुपमा चित्रण गर्न कठिन भैरहेको ब्यबसायीको भनाई छ।
‘संघिय प्रदेश वा स्थानीय सरकारले पोखराको यो महोत्सबलाई क्यालेण्डरमा राखेर प्राथमिकता दिनुपर्ने, हस्तकला सहितका आन्तरीक उत्पादनलाई महोत्सब मार्फत प्रबर्द्दन गर्ने बाताबरण तयार गरिनुपर्ने र पोखरामा पर्यटकहरु आउनको लागि हवाईमार्ग र स्थलमार्गको सुबिधा राम्रो बनाउनुपर्ने, रात्रीकालिन ब्यबसायलाई थप ब्यबस्थित गर्दै शान्ति सुरक्षाको अबस्था पनि प्रभावकारी बनाउने तर्फ प्रदेश सरकार र स्थानीय सरकारको बिशेष ध्यान जानुपर्ने थियो। तर त्यस्तो हुन सकेको छैन’ रेबानका पूर्व अध्यक्ष समेत रहेका बर्तमान सल्लाहकार गणेश बहादुर भट्टराईले बताए।
पूर्व अध्यक्ष भट्टराईका अनुसार आगामी दिनमा महोत्सबलाई छिमेकी मुलुकहरु भारत, चीनसहित जापान कोरिया, बंगलादेश श्रीलंका जस्ता मुल्लुकबाट पाहुना आउने अबस्था बनाउनु आबश्यक छ। त्यसो हुन सकेमा महोत्सब अबधिमा पोखरा आउने पर्यटकहरु र आर्थिक गतिबिधि बिस्तार हुनेमा शंका छैन।
आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न गठित विभिन्न समिति, उप–समितिले आ–आफ्नों तयारी पुरा गरेका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायतका बैठकहरू सम्पन्न गरेको थियो ।
यस बर्ष महोत्सब सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरु मध्ये कार्यालय प्रशासन र प्रचार प्रसारमा बीरेन्द्र शेरचन र भिष्मराज पौडेल, आर्थिक ब्यबस्थापनमा रोशनजंग कार्की, बैभव पौडेल र लोकबहादुर गुरुङ, सुरक्षा एबम स्वयमसेवक समन्वयमा विश्वराज पौडेल, गोपी बहादुर भट्टराई र नरेश भट्टराइ, सांस्कृतिक झाँकी एबम भेषभुषामा चौबहादुर गुरुङ र शुरेश नेउपाने, प्रायोजक समन्वमा विश्वराज पौडेल, लक्ष्मन बराल र सुनील भट्टराइ, स्वास्थ्य उपचार कक्ष एबम एम्बुलेन्स ब्यबस्थामा भीष्मराज पौडेल र कृष्ण अधिकारी, सडक सरसफाईमा लोकेश ढकाललाई संयोजन गर्ने जिम्मेवारी दिईएको छ ।
यसैगरी यातायात एबम पार्किंग ब्यबस्थापन तर्फ चिरन्जीवी पोखरेल र सुमन भट्टराई सहित नाट्टा गण्डकी र अन्य यातायात व्यवसायीका संस्थाहरु, होटल तथा अतिथि सत्कार तर्फ बैभव पौडेल, लक्ष्मन सुबेदी र बसन्त गौतम, सडक सजावट तर्फ बिकास भट्टराई र सफल थापा, स्टल र गेट ब्यबस्थापन तर्फ बिष्णु बानिया, बलराम पहारी र दोर्जे लामा, महोत्सब अनुगमनतर्फ गणेश बहादुर भट्टराई, वडाध्यक्ष बिष्णुबहादुर भट्टराई सहित सल्लाहकारहरु र पोखरा पर्यटन परिषदलाई राखिएको छ ।
बिदेशी कुटनीतिक नियोगसंग समन्वय नरेश भट्टराई, कोमागाने पार्कको इभेन्ट ब्यबस्थापनतर्फ बलराम पहारी र योगेश भट्टराई, उपहार ब्यबस्थापनमा लक्ष्मन् बराल, खेलकुद ब्यबस्थापनमा सुर्य बहादुर भुजेल,राजन पौडेल, सुनील भट्टराई र बलराम गिरि, ब्यानर ब्यबस्थापनमा लोकबहादुर गुरुङ, स्टेज उद्घाटन र टक शो तर्फ बसन्त गौतम र उमा भण्डारी, आमा समूह समन्वयमा भीमसेन भुजेल, हस्तकला एबम कृषिजन्य उत्पादनको प्रदर्शनी ब्यबस्थापनमा बलराम पहारी र सुर्य बहादुर भुजेल सहित अन्य संघ संस्थालाई जिम्मा दिईएको छ भने लेकसाइड क्षेत्रमा जोडिएका सडकहरुबाट सवारी साधन प्रवेश रोक्नको लागि बिभिन्न संघ संस्थालाई जिम्मा दिईएको छ ।
यो पनि पढौं ..
>https://gurukulkhabar.com/2024/12/23012/