Play

पोखराको बाम्दीमा आयोजित महिला भलिबलमा धादिङ स्पोर्टस् क्लब बिजयी, एकलाख नगद पुरस्कार

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका –  २३ बाम्दिमा आयोजना गरिएको महिला भलिबल प्रतियोगिताको उपाधी धादिङ स्पोर्टस् क्लब, धादिङले जितेको छ। आइतबार भएको फाइनल खेलमा शान्त भलिबल ट्रेनिंग सेन्टर भकुन्डे, पोखरालाई ३–० को सोझो सेटमा हराउदैँ धादिङले उपाधी जितेको हो ।

धादिङले २५–१०, २५–७ र २५–९ को सेटमा सहज जित निकालेको हो । जितसगै धादिङले नगद एक लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको शान्त भलिबल टिमले नगद रु. ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

‘पर्यटन प्रबर्द्दनमा खेलकुद’ भन्ने नाराका साथ सुरु भएको महिला भलिबल प्रतियोगिता धादिङकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै धादिङकै आशिका क्षेत्री उत्कृष्ट स्पाइकर, रिता बोहोरा उत्कृष्ट सेटर, रस्मीता दुरा उत्कृष्ट डिफेन्डर र विरु लामा उत्कृष्ट कोच घोषित भइन ।

शान्त भलिबलका श्रृष्टी खत्री र अन्जना खड्का क्रमश: उत्कृष्ट सर्भर र उत्कृष्ट मिडफिल्डरघोषित भए । सात विधामा उत्कृष्ट घोषित भएकाले १/१ थान भलिबल पुरस्कार पाए ।

सेमिफाइनलमा धादिङले गुरुकुल विद्या सदन, नयाँबजार पोखरालाई हराएर फाइनल यात्रा तय गरेको थियो भने शान्त भलिबलले एलिट भलिबल एकेडेमी, पोखरालाई हराएर फाइनलमा पुगेको थियो ।

सेमिफाइनलबाट बाहिरिएका गुरुकुल र एलिटले नगद रु. १५/१५ हजार पुरस्कार पाए । नकआउट सिस्टमका आधारमा खेलाइएको खेलमा १० टिमको सहभागिता रहेको थियो ।

चापाकोट पर्यटन प्रबर्द्दन समितिको आयोजनामा प्रतियोगिता भएको हो । समापन कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रदेश सभा सदस्य भक्तबहादुर कुँवर, पोखरा महानगरपालिका २३ का कार्यवाहक अध्यक्ष तेजबहादुर क्षेत्री लगायतका अतिथिको उपस्थिति रहेको थियो ।

समितिका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सचिव घनश्याम पराजुलीले संचालन गरेका थिए।

३० मंसिर २०८१, आईतवार १९:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा