Play

पोखरा वहुमुखी क्याम्पसको ३८ औं बार्षिकोत्सब, बिद्यार्थी र प्राध्यापकलाई विभिन्न सम्मान र पुरस्कार

पोखरालाई अन्तराष्ट्रियस्तरको शैक्षिक केन्द्रका रुपमा विकास गर्न नगरपालिकाले पहल गरिरहेको छ - प्रमुख आचार्य


गुरुकुल खबर


पोखरा, पोखराको नयाबजारमा संचालित पोखरा वहुमुखी क्याम्पसले आफ्नो स्थापनाको ३८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । वि.सं २०४४ सालमा पोखराका शिक्षाप्रेमी तथा उद्योगी व्यवसायीको सक्रियतामा खुलेको पोखरा वहुमुखी क्याम्पस पोखराको पहिलो सामुदायिक क्याम्पसको रुपमा रहेको छ ।

वार्षिक उत्सवको अवसरमा क्याम्पसले सप्ताहब्यापी कार्यक्रमको आयोजना गरेको थियो जस अन्तर्गत आयोजित विभिन्न  प्रतियोगितामा बिजयी भएका विधार्थीहरुलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो । क्याम्पसमा कविता, निवन्ध लेखन, भलिवल र टेवुल टेनिस प्रतियोगिता तथा वृहत सरसफाई र रक्तदान कार्यक्रम सञ्चालन गरिएकोे क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी गुरुकुल खबरलाई जानकारी दिईन।

बार्षिक उत्सब कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक पुरस्कार तथा छात्रवृत्ति समेत वितरण गरिएको थियो जस अनुसार लक्ष्मीहाउस छात्रवृत्ति, पश्चिमाञ्चल अटोमोवाईल द्धारा स्थापित मिनवहादुर श्रेष्ठ छात्रवृत्ति, दिलमाया स्मृति छात्रवृत्ति, समीर महिमा छात्रवृत्ति, वेलायती तथा चिनीमाया छात्रवृत्ति, धनकुमारी तथा धनसुवा छात्रवृत्ति, विद्या राणा छात्रवृत्ति, विष्णु वाँस्तोला अक्षयकोष, वसन्त हिराचन स्मृति अक्षयकोष, पोखरा युनाईटेड क्लव अक्षयकोष, तिलक पार्वती पौडेल अक्षयकोष, श्रीप्रसाद टिकामाया घिमिरे अक्षयकोष तथा क्याम्पसले नै स्थापना गरेका विभिन्न संकायगत पुरस्कार र छात्रवृत्रि वितरण गरिएको थियो।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख  धनराज आचार्य, क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन, सल्लाहकार शंकर देवकोटा, क्याम्पस प्रमुख शिशुकला पराजुली तथा अन्य अतिथिहरुले बिद्यार्थीहरुलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गरेका थिए। सोहि अबसरमा प्राध्यापक बिदुर पराजुली र तिर्सना बस्नेतलाई यस बर्षको उत्कृष्ट शिक्षकको रूपमा पुरस्गकृत गरिएको थियो।

साधरणसभाले क्याम्पस प्रमुख शिशुकला पराजुलीले प्रस्तुत गरेको वार्षिक र शैक्षिक प्रतिवेदन तथा कोषाध्यक्ष शंकर गुरुङ्गले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

क्याम्पसको ३८ औं वार्षिकोत्सब समारोहको उद्घाटन गर्दै, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्याम्पसको स्थायित्व र शैक्षिक उन्नयनका लागि महानगरपालिका सवै खालको सहयोग गर्न तयार रहेको बताए । उनले अहिले देशमा युवा पलायनको समस्या बढेको भन्दै क्याम्पसहरुले अव आफुलाई थप पारिमार्जन गरि व्यवसायीक र विशिष्ट शिक्षामा लाग्न सुझाव दिए। उनले पोखरालाई अन्तराष्ट्रियस्तरको शैक्षिक केन्द्रका रुपमा विकास गर्न नगरपालिकाले पहल गरिरहेको समेत उल्लेख गरे।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अबसरमा बोल्दै अध्यक्ष लालचनले समुदायको भलाइका लागि स्थापित पोखरा बहुमुखी क्याम्पसको छवि उच्च  राख्न संचालक समिति प्रतिबद्द रहेको बताए ।

क्याम्पस संचालक समितिका सल्लाहकार शंकर देवकोटा, पोखरा- ९ का पुर्व वडाअध्यक्ष रामराज लामिछाने, सञ्चालक समितिका उपाध्यक्ष वद्री श्रेष्ठ, प्राध्यापक संघ क्याम्पस ईकाईका सभापति भीमप्रसाद न्यौपाने, विद्यार्थी कल्याणकारी संघका अध्यक्ष सलिना थापा, नेचर क्लवका अध्यक्ष गणेश रामदाम, नवआगन्तुक विद्यार्थी सन्देश पौडेल लगायतले आआफ्नो भनाई राखेका थिए।

कार्यक्रममा विद्यार्थीले आफ्ना विभिन्न खालका प्रतिभा र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वार्षिक उत्सव कार्यक्रमको सञ्चालन पुर्वसहायक क्याम्पस प्रमुख तथा आईक्युएसी प्रमुख महेन्द्रप्रसाद रिमालले गरेका थिए । सोहि अबसरमा नबआगन्तुक बिद्यार्थीहरुलाई स्वागत पनि गरिएको थियो।

१६ मंसिर २०८१, आईतवार १५:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा