Play

दुई दिनमा सुनको मुल्य १८ हजार भन्दा बढीले घट्यो

गुरुकुल खबर


पोखरा, सोमबार र मंगलबार गरि दुई दिनको अबधिमा सुनको मुल्यमा १८ हजार रुपैया भन्दा बढी घटेको छ । सोमबार १५ हजार ९ सय रुपैयाले घटेको सुनको मुल्य मंगलबार थप २ हजार ६ सयले घटेको छ । जसका कारण दुई दिनको अबधिमा नेपालमा सुनको मुल्यमा प्रति तोला १८ हजार ३ सयले कमि आएको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुन तोलामा २ हजार ६०० रुपैयाँले घटेको हो। मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि भन्सार दर घटाइएसँगै सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो । जुन दिन सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको थियो । जबकि आइतबार छापावाल सुनको मूल्य १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।

मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम गर्ने निर्णय भएकोमा उक्त भन्सार दर सोमबारदेखि कार्यान्वयनमा आएको थियो ।

यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएकोमा मंगलबार घटेर १ हजार ८२० रुपैयाँ कायम भएको छ।

११ मंसिर २०८१, मंगलवार १६:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा