Play

पामे बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्यसमिति, अध्यक्षमा पराजुली

गुरुकुल खबर


पोखरा, पामे बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले नवराज पराजुलीअध्यक्ष रहेको नयाँ कार्यसमिति चयन भएको छ । पराजुली विभिन्न संघ संस्थामा समेत सक्रिय छन।

समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्षमा लेखनाथ पराजुली र सहसचिवमा गिता कुमारी दवाडी चयन भएका छन् ।

समितिको सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, घनश्याम अधिकारी, रेवती देवकोटा, दुर्गा तिमिल्सिना, भोलानाथ अधिकारी र रमेश गौतम चयन भएका छन् । समितिका लेखा सुपरिवेक्षण समिति संयोजकमा बिष्णुहरी तिमिल्सिना तथा सदस्यहरुमा  सन्तोष शर्मा तिमिल्सिना र पुष्पराज दवाडी रहेका छन् ।

साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीले पामे बचत तथा ऋण सहकारी संस्थाले जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताए । उनले पैसा आवश्यक परेकाहरुलाई गर्जो टाने काम सहकारी संस्थाको भएको बताए ।

त्यसै गरी पोखरा वडा नम्बर २३ वडा अध्यक्ष रामकाजी गुरुङ, वडा नम्बर १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना लगायतले सहकारीले गाउँ गाउँमा वित्तिय साक्षरता जगाउन सहयोग गरेको बताए ।

कार्यक्रममा सहकारीका शेयर सदस्यका छोराछोरी मध्ये एसइई दिएर उत्कृष्ट नतिजा ल्याउने चार जनालाई सम्मान गरिएको  थियो। त्यसै गरी सबै भन्दा बढि उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्तालाई पनि सम्मान गरिएको थियो ।

साधारण सभाले पामे सहकारीका अध्यक्ष अग्निधर त्रिपाठीले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन, कोषाध्यक्ष लेखनाथ पराजुलीले प्रस्तुत गरेको आर्थीक प्रतिबेदन पास गरेको छ ।

सहकारीमा १ हजार १० जना शेयर सदस्य रहेको छन संस्थाको अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख  रुपैया रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा १७ करोड ९ लाख ७८ हजार निक्षेप संकलन गरी २५ करोड ४ लाख १६ हजार रुपैया कर्जा प्रवाह गरेको थियो ।

२१ आश्विन २०८१, सोमबार ०६:३६ मा प्रकाशित
Nabintech