Play

कांग्रेस र एमालेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५०/५० लाख जम्मा

गुरुकुल खबर


काठमाडौँ, हालै आएको वर्षा र बाढी पहिरोका कारण पिडितहरुको राहत र उद्वारको लागि सत्तासाझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि  ५० लाखको दरले रकम जम्मा गरेका छन।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको निर्णयअनुसार कांग्रेसले बाढीपहिरो र डुबानपीडितका लागि राहत प्रदान गर्न ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने नेकपा एमालेले पनि पचास लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

नेपाली काँग्रेसको तर्फबाट पार्टीका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूको उपस्थितिमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो भने नेकपा एमालेको तर्फबाट सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले ५० लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए।

सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्री ओलीलाई बुझाएका छन्। कांग्रेसले बुझाएको सुझाब पत्रमा विपदको सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्वतयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरिएको जनाएको छ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताएका थिए। प्रधानमन्त्री ओलीले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ (लिड) गर्ने विश्वास दिलाए।

२० आश्विन २०८१, आईतवार १७:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा