Play

विश्व पर्यटन दिवस मनाउँदै अन्तर्राष्ट्रिय संग्रहालय, प्रबेशमा स्वागत सहित छुट दिईने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।

शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई स्वागत सहित टिकट शुल्क समेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ बजेबाट साँझ साढे ५ बजेसम्म खुला हुन्छ ।

पर्यटन दिवसकै सन्दर्भमा संग्रहालयले शनिबार ऐतिहासिक फोटो प्रदर्शनी र पुस्तकसमेत सार्वजनिक गर्देछ । रसियाली लेखक एवं पर्वतारोही युरी रोदिचेभले संकलन गरेका ४० फोटाहरु शनिबार प्रदर्शनीमा राखिने छन् । नेपालको हिमाल र हिमाली क्षेत्रमा उनले खिचेका ती तस्बिरहरु अहिलेसम्म सार्वजनिक भएका छैनन् ।

संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले भनिन्, ‘प्रदर्शनीपछि ती फोटा स्थायी रुपमा संग्रहालयमै रहनेछन् । सँगै रोदिचेभको पुस्तक ‘दी हिमालयज’समेत सोही समारोहमा सार्वजनिक गरिनेछ । गत वर्ष यो संग्रहालय एक लाख ९८ हजार जनाले अवलोकन गरेका छन् ।

संग्रहालयको रेकर्डअनुसार यहाँ १ सय ५ देशका नागरिकले भ्रमण गरेका छन् । संयुक्त राष्ट्र संघले यसपालिको विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति तय गरेको छ । पर्यटनको माध्यमबाट शान्ति र समृद्धिमा योगदान पुग्ने पक्षलाई ध्यान दिई यो नारा बनाइएको हो ।

११ आश्विन २०८१, शुक्रबार ०६:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा