Play

सुनास कास्कीको अध्यक्षमा ‘सिरोज’

भ्रष्टाचार र ढिलासुस्तिको बिरुद्द संस्थाले अझ ससक्त भएर काम गर्छ - कोइराला


गुरुकुल खबर


पोखरा, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध निर्बाचित भएका छन् । सुनासको हालै सम्पन्न १८ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको कार्यकाल दुई वर्ष रहने छ।

अध्यक्षमा निर्बाचित कोइराला पोखरा महानगरपालिका -४ का बासिन्दा हुन। उनि विभिन्न ब्यबसायिक प्रतिष्ठानमा समेत आबद्द छन। पोखराको गैरापाटन स्थित नबिन उच्च माबिको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका कोइराला पोखरामा एक युवा अभियन्ता र राजनीतिकर्मीको रुपमा समेत चिनिन्छन। कोइरालाले २० वर्ष अगाडी स्थानीय एफएम मार्फत संचालन गर्ने रेडियो कार्यक्रम युवाहरुमाझ लोकप्रिय मानिन्थ्यो त्यसपछि पनि उनि छापा एबम बिध्युतिय संचार माध्यममा प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले संलग्न रहँदै आएका छन।

अध्यक्षमा निर्बाचित भएपछि कोइरालाले जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरुमा हुने ढिलासुस्ती र भ्रष्टाचारका विषयमा संस्थाले अझ शसक्त भएर काम गर्ने बताए।

कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्ति कुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई सदस्य कार्यसमितिले मनोनयन गर्ने छ ।

कार्यक्रमको उद्घाटन सत्रमा सचिव विष्णुप्रसाद अधिकारीले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शान्ति गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन भेलाले पास गरेको थियो ।

नवनिर्वाचित कार्य समितिलाई निर्वतमानअध्यक्ष रविन्द्र बाँस्तोला, कार्यक्रमका प्रमुख अतिथि सुनासका संस्थापक अध्यक्ष सुरेन्द्र थापा मगर, पूर्व अध्यक्ष चन्द्रकृष्ण कार्माचार्य, संस्थाको कार्यकारी अधिकृत भानु पराजुली, पूर्वअध्यक्ष पूण्य पौडेलले नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिदैं संस्थाले गरेका कामका बारेमा चर्चा गरेका थिए ।

१ आश्विन २०८१, मंगलवार ११:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा