Play

विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुनुहुँदैन – कांग्रेस नेता महर

गुरुकुल खबर


काठमाडौं,  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुन नहुने बताएका छन्।  सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयले देशभरका दर्जनौं क्याम्पसलाई सम्बन्धन दिइरहेको प्रति इंगित गर्दै महरले पहिला विश्वविद्यालय आफैँमा व्यवस्थित हुनुपर्ने बताएका हुन्।  उनले नेपाल प्राध्यापक संघको एक कार्यक्रममा उक्त कुरा बताएका हुन।

नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका महरले आफ्नो क्षमता वृद्धि नगरी संरचना मात्र विस्तार गर्ने विषय उपयुक्त नहुने धारणा व्यक्त गरे। उनले भने ‘ देशभित्र प्रादेशिक रुपमै विश्वविद्यालय खोल्ने लहर चलेको छ। प्रादेशिक स्तरमा खुलेका विश्वविद्यालयले लक्ष्य र उद्देश्य विमुख भएर सम्बन्धन वितरण गर्ने कार्य भइरहेको छ। उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा प्रादेशिक तह‌मा विश्वविद्यालय विस्तार गर्दै जानुको औंचित्यमाथि प्रश्न उठेको छ।’

लोककल्याणकारी राज्यमा राज्यको दायित्व भित्र शिक्षा पर्ने भएकाले सोही अनुरुप सरोकारवाला अगाडि बढ्नुपर्ने उनको भनाइ छ। विश्वविद्यालयको उद्देश्य राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्नु भएकाले त्यसैमा केन्द्रित हुन उनले सुझाव दिए।

विद्यमान उच्च शिक्षा प्रणाली राज्यको दायित्ववाट बाहिर जान थालेको र विश्वविद्यालयबाट उत्पादित जनशक्ति विदेशीका लागि उत्पादन गरेजस्तो देखिएको समेत महरले टिप्पणी गरे । उच्च शिक्षामा विद्यमान समस्या समाधानका लागि सरकारसहित सरोकारवाला सबै निकाय गम्भीर र जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।

१९ भाद्र २०८१, बुधबार १७:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा