Play

घान्द्रुकका अनिश गुरुङ लागु औषध सहित पक्राउ

गुरुकुल खबर


पोखरा,  कास्कीको पोखरा महानगरपालिका वडा न. ३० पावरहाउस नजिक पृथ्वीराजमार्ग सडक खण्डमा सवारी साधन चेक जांच गर्ने क्रममा पोखरातर्फ आँउदै गरेको बसलाई रोकी चेकजाँच गर्दा एक युवा लागु औषध सहित पक्राउ परेका छन।

पक्राउ पर्नेमा कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका वडा नं. १४ काजि पोखरी बस्ने १८ बर्षीय अनिश गुरुङ रहेको कास्की प्रहरीले जनाएको छ ।

उनको साथबाट लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल २ सय ४० थान र एउटा मोबाइल प्रहरीले बरामद गरेको जनाएको छ।

उनलाई कास्की जिल्ला अदालतबाट लागु औषध मुद्दामा १५ दिन म्याद थप गरि आबश्यक अनुसन्धान भैरहेको समेत कास्की प्रहरीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए।

३ भाद्र २०८१, सोमबार १९:५८ मा प्रकाशित
Nabintech