Play

पोखरामा चल्ने मोटरसाइकल चालकलाई कारबाही गरि झन्डै ३० लाख राजस्व संकलन

मोडिफाइड गरिएका २ सय ३० मोटर साइकल प्रहरी नियन्त्रणमा


गुरुकुल खबर


पोखरा, प्रहरीले पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । साउन ३० देखि भदौ २ गतेसम्म मात्र १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

यस अघि गत असोज २१ गते देखि स्वरूप परिबर्तन गरिएका मोटरसाइकलहरु नियन्त्रणमा लिने अभियान प्रहरीले संचालन गरेकोमा २२ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको थियो । त्यसैगरी गत फागुन १७ गते देखि २० गतेसम्म त्यस किसिमका ५९ थान मोटरसाइकलहरू नियन्त्रणमा लिईएको कास्की प्रहरीले जानकारी दिएको छ।

कास्की प्रहरी र  ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गरि होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।

श्रावण ३० गते देखि भदौ २ गतेसम्म १४९ थान मोटरसाइकल नियन्त्रणमा लिई कारवाही गर्दा करिव २२ लाख रुपैया राजस्व संकलन हुने अनुमान गरिएको बताउंदै कास्की प्रहरीले अभियान संचालन गरेदेखि हालसम्म स्वरूप परिवर्तन गर्ने, ध्वनी प्रदुषण गर्ने दुई हजार पैंतीस वटा मोटर साइकललाई कारबाही गरि  २९ लाख रुपैया राजस्व संकलन भएको जानकारी दिएको छ।

२ भाद्र २०८१, आईतवार १७:०३ मा प्रकाशित
Nabintech