Play

पशुपति कोटीहोम महायज्ञमा पूर्व राजा ज्ञानेन्द्र अझै अनुपस्थित

गुरुकुल खबर


काठमाडौं,  पशुपतिनाथ परिसरमा झन्डै एक महिना देखि जारी  ऐतिहासिक श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा अझै पनि पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेका छैनन् ।

हिन्दु अधिराज्य र हिन्दु राष्ट्रको माग गर्ने सबैजसो शिर्ष नेता र अभियन्ताहरू पुगिसक्दा पनि पूर्व राजा शाह र अध्यक्ष थापा भने अझै पुगेका छैनन् । जबकि, उनीहरू दुवैलाइ आयोजकले निम्तो पठाएका थिए ।

पुर्व राजा शाह र अध्यक्ष थापा हिन्दु अधिराज्यका लागि लागिपरेका छन् तर पशुपतिनाथकाे काेटीहाेममा नपुगे पछि भक्तजन र उनीहरूका समर्थकहरू निराश भएकाे जनाइएकाे छ ।

‘धेरै जसो आइसक्नु भएको छ, पुर्व राजा र कमल थापालाइ पनि निम्तो त हामीले पठाएका थियौं, उहाँहरू भने अझै आइपुग्नु भएको छैन्’, कोटिहोम प्रचार विभाग प्रमुख राजानन्द माण्डब्यले भने, ‘सायद फुर्सद नभएर हुन सक्छ, त्यसमाथि अझै २–३ दिन बाँकी रहेको छ, सायद आउनुहोला ।’

२०८१ साउन १ देखि सुरू भएको सो कोटिहोम मानव सेवा आश्रम निर्माणलगायतका उद्देश्यसहित गरिएको भनिएकाे छ । जहाँ आचार्य कृष्ण दमाइ, राधा दासी, देवी प्रतिभा, देवी चन्द्रकला सखीलगायतले प्रवचन दिएका थिए । तर, हरहिसाव दानचन्दा भने कति कराेड उठ्याे कुनै पनि हिसाब सार्बजनिक गरिएकाे छैन ।

२९ श्रावण २०८१, मंगलवार १४:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा