Play

कांग्रेस केन्द्रीय समितिको बैठक जारी, विभिन्न ११ वटा बिषयमा छलफल

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा जारी छ । बुधबार देखि चलेको केन्द्रीय समितिको बैठकमा विभिन्न ११ वटा प्रस्तावित विषयहरूमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम चलिरहेको छ ।

यस पटकको बैठकमा नेपाली काँग्रेसको महासमिति बैठकबाट पारित प्रस्ताबको सम्बन्धमा, राष्ट्रिय सहमतिको सरकार गठन गर्दा भएको सहमतिको सम्बन्धमा, पार्टीले आगामी भदौ १५ देखि मङ्सिर २५ सम्म संचालन गर्ने सांगठानिक अभियानको सम्बन्धमा, अनुशासनको कारबाहीको लागि भएका सिफारिश सम्बन्धमा तथा पार्टीको विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय सदस्य हरुले आफ्नो आफ्नो धारणा राख्ने क्रम जारी छ।

यसै गरि भात्री संस्था, सुभेक्षुक संस्था र निर्देशक समिति लगायतका कार्यसम्पादनका निर्णय, पार्टीको नयाँ र क्रियाशील सदस्यता वितरण प्रक्रिया सम्बन्धमा, जनसम्पर्क समितिको बारेमा, समसामयिक राजनीति सम्बन्धमा र नेपाली काँग्रेसका जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका सम्बन्धमा सदस्यहरुले आआफ्नो भनाई राखेको जानकारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले गुरुकुल खबरलाई जानकारी दिए।

नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको सभापतित्वमा चलिरहेको उक्त बैठकमा बिहिबार केन्द्रीय सदस्यहरु मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, डा. डिला संग्रौला, किरणराज शर्मा पौडेल, राजीव कोइराला, मानबहादुर नेपाली, राजेन्द्रकुमार के.सी., गुरू बराल, कान्तिका सेजुवाल, भरतकुमार शाह, सीतादेवी देवकोटा र शारदा पौडेल, आमन्त्रित सदस्य नारायणी रायमाझी र प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ–आफ्नो धारणा राखेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।

केन्द्रीय कार्यसमितिको बैठक श्रावण २५ गते शुक्रबार बिहान एघार बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जानकारी समेत पौडेलले दिएका छन।

२४ श्रावण २०८१, बिहीबार १९:४४ मा प्रकाशित
Nabintech