Play

संघीयता धान्न सकिंदैन, खारेज गर्नुपर्छ- कमल थापा 

गुरुकुल खबर


काठमाडौं, राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको यस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन्।दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे ।

पार्टीको काठमाडौं -६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले साम्यवाद, समाजबाद र पुँजिवादको बिकल्प जरुरी भएको बताए।

नयाँ बैचारिक दर्शनको आबश्यकता भएकोले सम्बर्द्धनबादलाई अबको मार्गचित्र बनाउनु पर्नेमा थापाको जोड थियो ।

काङ्ग्रेस,एमाले,माओवादीको बिकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै थापाले जनताको बिचमा जान ढिलाई गर्न नहुने र शसक्त राप्रपा नेपाल आजको आबश्यकता भएको समेत बताए ।

बिदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक ब्यबस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे । प्रशिक्षणमा डाक्टर बिष्णु भण्डारी, राजाराम बर्तौला “चुनेली”, राजकुमार खड्का र उज्वल पोखरेल लगायतले बोलेका थिए ।

१५ श्रावण २०८१, मंगलवार २१:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा