पोखरा, आम चुनाब वा स्थानीय तहको चुनाबको समयमा मात्र सर्बसाधारणहरु वा पार्टीका कार्यकर्ताहरुले एउटा राजनीतिक पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने गरेकोमा राजनीतिक दलको गतिबिधि समेत खासै नभएको र चुनाब समेत नभएको बेलामा पनि राजनीतिक दल छोड्ने र नयाँ दलमा प्रवेश गर्ने क्रम पोखरामा देखिएको छ।
पोखरा महानगर पालिका वडा न. १८ सरांगकोटको विभिन्न स्थानमा सक्रिय रहेका नेकपा माओबादी केन्द्रका जिम्मेवार नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम जारी छ ।
शुक्रबार कम्युनिष्ट पार्टीमा सक्रिय युवा दामोदर पराजुली नेपाली काँग्रेसमा प्रवेश गरेका छन । उनलाई नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा पार्टीको सदस्यता प्रदान गर्नुको साथै कांग्रेस पार्टीमा स्वागत गरेका थिए । कार्यक्रमा नेपाली काँग्रेस केन्द्रीय प्रचार बिभागका सदस्य द्वय गंगाधर पराजुली र राज बहादुर गुरुङ, काँग्रेसका प्रदेश निर्बाचन क्षेत्रका सभापति कृष्ण प्रसाद कोइराला लगायत नेपाली कांग्रसका अन्य नेता र कार्यकर्ताहरु समेत सहभागी थिए ।
यस अगाडी गत आइतबारपनि पोखरा -१८ तोरीपानी क्षेत्रमा घर भएका माओबादीका जिम्मेवार नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुमा नेकपा माओबादी केन्द्रका पोखरा -१८ का अध्यक्ष पुर्णाखर तिमिल्सिना, माओबादी केन्द्रबाट यस अगाडी सोहि वडामा वडाध्यक्षको उमेदवार समेत रहेका पार्टीको वडा कमिटिका पूर्व अध्यक्ष टिकाराम तिमिल्सिना पनि रहेका छन।
यसैगरि माओबादीको युवा संगठन वाईसिएलका वडा संयोजक खेमराज तिमिल्सिना सहित करिब ६० जना रहेको नेपाली काँग्रेसका वडा कार्यसमितिका सभापति एबम पोखरा महानगरपालिका वडा न. १८ का वडाध्यक्ष शिबप्रसाद तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए ।
पोखरा -१८ तोरीपानीमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले उनीहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै नेपाली काँग्रेसको संगठनलाई बलियो बनाउंदै प्रजातन्त्रको संस्थागत बिकासमा सक्रिय रहन सबैलाई आग्रह गरे।
कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र न. ३ का क्षेत्रिय सभापति मनोज गुरुङ, नेपाली कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छे र पार्टीका वडा सभापति शिब तिमिल्सिना लगायतले नेपालमा राष्ट्रियता र प्रजातन्त्र अनि सबैखाले अधिकारको रक्षाकोलागि नेपाली काँग्रेस पार्टीको विकल्पको रुपमा अरु कुनै पार्टी नरहेको बताएका थिए।
कार्यक्रममा काँग्रेस प्रवेश गरेकाहरुले पनि देशको बिकास गर्न, राजनीतिक स्थायित्व प्रदान गर्न र नागरिकको अधिकारको रक्षा गर्न नेपाली काँग्रेस मात्र सक्षम हुने सम्झेर आँफुहरु काँग्रेसमा प्रवेश गरेको बताएका थिए ।