Play

पोखरा -१३ आर्बास्थित मोहरेपानीमा निजि लगानीमा टेबल टेनिस कोर्ट निर्माण

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका वडा नं. १३ आर्वास्थित मोहरपानी आदर्श टोल विकास संस्थामा निजी लगानीमा टेवलटेनिस कोर्ट निर्माण गरिएको छ । व्यवसायी रवि बराल (रवि हार्डवेयर) समेतको निजि लगानीमा कोर्ट निर्माण गरिएको हो। रविसहित स्थानीय युवा समाजसेवी मधु श्रेष्ठ, राजु सुनारसहितले सहयोग गरेका थिए ।

कोर्ट निर्माणमा प्राविधिक सहयोग ईञ्जिनियर प्रकाश वाग्ले, अमिन प्रकाश सिग्देल, प्रशिक्षक दिपकराज गिरीले सहयोग गरेको टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । टेवलटेनिस कोर्ट उद्घाटन गर्दै व्यवसायी बरालले आफ्नो सोंच सधैँ समाजसेवामा रहेको बताए ।

उनले गाउँगाउँमा यस प्रकारका खेलकुद कोर्ट मैदान तथा खेलकुदसँग सम्बन्धित गतिविधि अघि बढाउन आवश्यक रहेको बताए ।

प्रशिक्षक गिरीले एक वर्षसम्म यहाँका खेलाडीलाई निःशुल्क रूपमा प्रशिक्षण गराउने प्रतिवद्धता जनाए ।

सो अवसरमा समाजसेवी बराल तथा ईञ्जिनियर वाग्लेले टेवलटेनिस खेलका लागि आवश्यक ब्याट, जाली तथा बल हस्तान्तरण गरेका थिए ।

संस्थाका अध्यक्ष सिग्देलले यस प्रकारका निर्माण एवं सहयोगले पक्कै पनि स्थानीयमा खेलकुदप्रतिको चासो बढाउने स्पष्ट पारे । उनले कोर्ट निर्माणपछि विशेषगरी बालबालिकालाई खेलकुदप्रति आकर्षण थप्ने विश्वास व्यक्त गरे ।

संस्थाका सचिव शिवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

७ श्रावण २०८१, सोमबार २१:२३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा