Play

ओली सहित २१ मन्त्रीहरुले लिए शपथ (नामावली सहित), पूर्वप्रम नेपालले गरे बहिष्कार

गुरुकुल खबर


पोखरा, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्रीलाई शपथ खुवाएपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराएका हुन् । ओलीले उनले देश र जनताको नाममा शपथ लिएका हुन्।

प्रचण्डले गरे कुर्सि हस्तान्तरण

शपथ ग्रहणपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सी हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले सपथ लिएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन । ओली सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र नेकपा (एमाले) बाट विष्णु पौडेल उपप्रधानमन्त्री छन्।

शपथग्रहण समारोहमा कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई भने सहभागी भएका थिए । उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थहरूको उपस्थित रहेको थियो ।

माधब नेपालले गरे बहिष्कार

प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता नेपाल सहभागी नभएर बहिस्कार गरेका हुन् । यद्यपि एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले काठमाडौँ बाहिर रहेकाले अध्यक्ष नेपाल शपथमा सहभागी नभएको बताए ।

मन्त्री बन्नेहरुको सूची:

१- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास

२- विष्णु पौडेल – उपप्रधान तथा अर्थ

३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि

४- रमेश लेखक – गृह

५- प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या

६- आरजु राणा – परराष्ट्र

७- बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

८- बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

९- दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति

१०- नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

११- देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात

१२- विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि

१३- अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला

१४- तेजुलाल चौधरी – युवा तथा खेलकुद

१५- मानवीर राई – रक्षा

१६- दीपक खड्का – ऊर्जा

१७- राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

१८- ऐनबहादुर शाही – वन तथा वातावरण

१९- शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा

२०- प्रदीप यादव – खानेपानी

२१- रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

३१ असार २०८१, सोमबार १२:२३ मा प्रकाशित
Nabintech