Play

रास्वपाका ढकाललाई महामन्त्री र प्रबक्ता पदबाट हटाउने तयारी, अधिकांश केन्द्रीय सदस्य बिरोधमा

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालको पद संकटमा परेको छ प्रवक्ताको समेत जिम्मेवारीमा रहेका  ढकाललाई केन्द्रीय सदस्यको हैसियतमा मात्र राख्ने तयारी भैरहेको पार्टीका नेताले बताए।

ती नेताका अनुसार पार्टी कार्यालय च:मतिमा शीर्ष नेताहरू र अनुशासन आयोगबीच ढकालको जिम्मेवारी खोस्नेबारे छलफल भएको हो। ‘ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउनेबारे अनुशासन आयोगसँग परामर्श भएको छ,’ उनले भने, ‘महामन्त्री ढकालको बुधबार दिनभरिको गतिविधिले त्यो निष्कर्षमा पुर्‍याएको हो।’

शीर्ष नेताहरू र अनुशासन आयोगको छलफलपछि यो प्रस्ताव केन्द्रीय समितिमा पुगेको बुझिएको छ।

‘कारबाही केन्द्रीय समितिले गर्छ,’ उनले भने। पार्टीका सहप्रवक्ता मनीष झाले अहिले पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको जानकारी दिए।

यसअघि पार्टी उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले ढकाललाई महामन्त्री स्वीकार्न नसकिने बताएका थिए। ढकालको प्रतिवेदनका आधारमा नभइ उनले अस्वाभाविक गतिविधि गरेकामा कारबाहीको भागी हुने अर्यालले टिप्पणी गरेका थिए।

रास्वपाका केन्द्रीय सदस्य उत्तम प्रसाद पौडेलले आफ्नो सामाजिक संजालमा समेत महामन्त्री ढकाल प्रति लक्षित गर्दै  “परिवारको हरेक कुरा नै लाइभ गरेर चलाए भैगो त लाइभ नै चाहिएको भए ! बात कर्ते हो” भनि लेखेका छन।

उनले ढकालप्रति आक्रोश ब्यक्त गर्दै सामाजिक संजाल फेसबुकमा “बैठकमा महामन्त्रीले ह्यारेस भयो भने ! आम घण्टी मित्रहरुलाइ तपाइले गरेको ह्यारेसमेन्ट के हो ढकाल जी ? मुखमा चुक्कुल लगाएको नाटक गर्नु बेकार हो ।” भनेर ढकाल प्रति प्रहार गरेका छन ।

चरणबद्ध रुपमा पौडेलले फेसबुकमार्फत महामन्त्री ढकाललाई प्रहार गर्ने क्रममा कांग्रेसले ढकालको चिन्ता गरेको समेत लेखको छन। “केही कांग्रेसीलाइ मुकुलजीको चिन्ता लागेछ ! लगेर सभापति वा उपसभापति बनाए भयो त !” पौडेलको यो टिप्पणीले महामन्त्री ढकाल प्रतिको आक्रोश मात्र नभएर ढकाललाई काँग्रेसको नजिक रहेको भन्ने संकेत समेत गरेको छन ।

बुधबार महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए। पार्टी उपसभापति स्वर्णिम वाग्लेका अनुसार सभापति रवि लामिछानेले त्यस विषयलाई केन्द्रीय समितिमा प्रस्तुत गरेका थिए। तर शतप्रतिशत केन्द्रीय सदस्यले अस्वीकृत गरेका थिए।

केन्द्रीय समितिले लाइभ गर्ने प्रस्ताव विफल तुल्याएपछि महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर विरोधमा बसेका थिए।

सभापति लामिछानेले उनलाई ३२ पृष्ठको समीक्षा प्रतिवेदन वाचन गर्न भनेको तर महामन्त्री ढकालले बोल्ने अधिकार हनन भएको भन्दै मुखमा टेप टाँसेपछि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले डेढ घन्टा लगाएर प्रतिवेदन पढेर सुनाएका थिए।

महामन्त्री ढकालले सय दिनमा गर्नुपर्ने कामको सुझाव भन्दै अर्को ६ पृष्ठको प्रस्ताव अघि सारेका थिए। अन्तिममा सभापति लामिछानेले त्यो पनि पेस गर्न अनुमति दिएको तर मिडियामा आइसकेको विषय केन्द्रीय समितिको अवमूल्यन हुने गरी किन वाचन गर्नु भनेर सदस्यहरूले अस्वीकृत गरेका थिए।

यसअघि उपसभापति वाग्लेले पनि सभापति लामिछानेले अनुशासन आयोगको राय लिएर निष्कर्षमा पुग्ने बताएका जानकारी दिएका थिए।

समीक्षा यात्राको प्रतिवेदनका विषय मिडियामार्फत् सार्वजनिक गरेको भन्दै महामन्त्री ढकाललाई रास्वपाको अनुशासन आयोगले असार १४ गते सातदिने स्पष्टीकरण सोधेको थियो। ढकालले त्यसको जबाफ नदिने बताएका छन्। उनले अनुशासन आयोग महामन्त्रीको निर्देशन पालना गर्ने निकाय भएकाले स्पष्टीकरण सोध्न नसक्ने बताउँदै आएका छन्।

१९ असार २०८१, बुधबार २३:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा