Play

गण्डकी प्रदेशको आगामी बजेटको सिद्दान्त र प्राथमिकता प्रदेश सभामा पेश, दुई दिन छलफल गरिने

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेटको सिद्दान्त र प्राथमिकता पेस गरिएको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री डा टकराज गुरुङले प्रदेश सभाको सोमबारको बैठकमा सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

आर्थिक बर्षको बजेट ल्याउनु १५ दिनअघि सिद्धान्त र प्राथमिकता पारित गरिसक्नुपर्ने प्रावधान अनुरुप अर्थ मन्त्री गुरुंगले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको सिद्दान्त र प्राथमिकतामाथि  मंगलबार र बुधबार छलफल गरी पारित गर्ने र १९ गते नीति तथा कार्यक्रम ल्याउने तयारीमा गण्डकी प्रदेश सरकार रहेको छ ।

सिद्धान्त र प्राथमिकतामा प्रदेश सरकारको नीति अनुसार, आगामी वर्षका लागि बजेट निर्माण गर्दा न्यायोचित र परिणाममुखी प्रबन्ध प्रणाली अवलम्बन गरिने उल्लेख छ। साथै, प्राकृतिक स्रोतको समुचित व्यवस्थापन र उपयोग गरेर प्रदेश र स्थानीय तहले आम्दानी गर्न सक्ने स्रोतको न्यायोचित बाँडफाँट गर्न आवश्यक पहल सुरु गरिने भएको छ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि विकास कार्यक्रमहरुमा आवश्यक र प्राथमिकताको आधारमा सन्तुलन कायम गर्ने जनाएको छ। कृषि, वन, पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य भौतिक पूर्वाधार क्षेत्रमा आवश्यकताअनुसार बजेट विनियोजन गर्ने सिद्धान्त र प्राथमिकतामा उल्लेख गरिएकाे छ ।

आव-2082-83-को-सिद्धान्त-र-प्राथमिकता-फाइनल_250526_155821

१२ जेष्ठ २०८२, सोमबार १८:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा