पोखरा, गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री डा टकराज गुरुंगलेआगामी आर्थिक वर्ष २०८१/८२ को लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन।
जसमध्ये चालु खर्च तर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार अर्थात कुल विनियोजनको ३९.९१ प्रतिशत र पुँजीगत तर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार अर्थात कुल विनियोजनको ५९.१९ प्रतिशत रहेको छ।
यसको साथै वित्तीय व्यवस्थातर्फ ३ करोड अर्थात कुल विनियोजनको ०.९० प्रतिशत बिनियोजन गरिएको छ।
बजेटको पूर्ण पाठ पढ्न/ हेर्न यहाँ क्लिक गर्नुहोस ।
अर्थमन्त्री डा. टकराज गुरुंगले बजेट प्रस्तुत गरेको हेर्न/ सुन्न तल क्लिक गर्नुहोस ।
१ असार २०८१, शनिबार १७:११ मा प्रकाशित