Play

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा के छ ? (बिस्तृतमा पढ्नुहोस)

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारले प्रदेश सभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ  । सोमबार मात्र बिश्वासको मत पाएका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश- सम्मानित प्रदेशबासीको सोच राखिएको उल्लेख छ ।

नीति तथा कार्यक्रममा कृषि, स्वस्स्थ, शिक्षा, उद्योग र पर्यटन लगायतका क्षेत्रलाइ प्राथमिकता दिईएको छ । इन्भेस्ट गण्डकी कार्यक्रम संचालन गरि निजि तथा सार्बजनिक साझेदारीमा कार्यान्बयन हुने परियोजनाको बिकास, लगानी र प्रबर्धनमा सहजीकरण गर्ने कुरा नीति कार्यक्रममा उल्लेख छ ।

कृषि क्षेत्रलाई बिशेष प्राथमिकतामामा राखिएको नीति तथा कार्यक्रममा कृषि बिमा प्रिमियममा सहुलियत दिने, कृषि कर्जामा ब्याज अनुदान दिने कुरा पनि उल्लेख छ। यसका साथै प्रदेश सरकारको साझेदारी- बाँझो रहन्न खेतबारी, मोबाइल माटो अस्पताल, १ निर्बाचन क्षेत्रमा १ प्रबिधि मैत्री कृषि फर्म, १ वडा १ उत्पादन, बाँदरको अतिक्रमण रोक्न कृषि हेरालोको प्रबन्ध गर्ने जस्ता कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पोखरा जाउँ, प्रकृति र संस्कृति संग रमाउँ, पहिले घरदेश अनि परदेश, राउण्ड फेवा-भ्यु फेवा जस्ता कुरा पर्यटन अन्तर्गत उल्लेख गरिएको छन ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न तल क्लिक गर्नुहोस  ।

आ.व.-२०८१८२-को-नीति-तथा-कार्यक्रम

२९ जेष्ठ २०८१, मंगलवार १७:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा