Play

अमेरिकाको लंगआईलेण्डमा नेपाली महिलाको नयाँ ब्यबसाय, महिला शसक्तिकरणमा जोड

गुरुकुल खबर


  • विश्वराज बाँस्तोला 

लंगआईलेण्ड (अमेरिका ), अमेरिकाको विभिन्न स्थानमा रहेका नेपालीहरुले विभिन्न ब्यबसाय संचलान गर्ने क्रम बढ्दो छ यसै क्रममा अमेरिकाको लंगआईलेण्डमा बस्दै आएका रुपा भण्डारी र तिला उप्रेती खरेलले संयुक्त रुपमा माया ब्युटी बार संचालनमा ल्याएका छन लंगआईलेण्डको सोयासेट सहरमा शुभारम्भ गरिएको उक्त ब्युटी बारका संचालक द्वय रुपा र तिलाले थ्रेडिङ, फेशियल, वाक्सिंग, हेयर कट, मेकअप लगायतका काममा १५ वर्षभन्दा बढीको अनुभव संगालेका छन।

ब्यबसाय शुभारम्भ समारोहमा संन्चालकहरुले भने, “माया सौन्दर्य बार, व्यापार मात्र नभएर महिला सशक्तिकरण र नेपाली समुदायको उद्यमशीलताको प्रतीक भएको बताए। महिलाहरूलाई उद्यमशील बन्न, नवप्रवर्तन ल्याउन र अरूलाई प्रेरित गर्न प्रोत्साहन गर्ने लागि पनि हामीले यो ब्यबसाय सुरु गरेका हौँ ।”

हाम्रो लक्ष्य उत्कृष्ट सौन्दर्य सेवाहरू प्रदान गर्नुमात्र होइन, सबै नेपाली समुदायहरूमा महिला सशक्तिकरणको सन्देश फैलाउनु र आफ्नै व्यवसाय सञ्चालन गर्ने सपना देख्ने युवा महिलाहरूको अर्को पुस्तालाई प्रेरित गर्नु हो” उनीहरुको भनाइ थियो ।

“माया सौन्दर्य बारले उच्च मापदण्ड कायम राख्ने र ग्राहकहरुलाई असाधारण अनुभव प्रदान गर्ने गरि काम गर्नेछौं,”  संचालक रुपा भण्डारीले भनिन।

अर्की संचालक तिलाले पनि नया ब्यबसाय संचालन गर्दा खुसि लागेको बताईंन “मलाई ब्यूटी पार्लर खोलेर यहाँको समुदायलाई सेवा गर्ने, आफ्नो क्षमताले सौन्दर्य कला देखाउने चाहना थियो, मेरो परिवार र मा भन्दा अग्रज व्यक्तित्व रुपाको साथ पाउँदा खुसि छु। हामी मिलेर नेपाली एबम स्थानीय समुदायका दिदीबहिनीहरूलाई उद्यम गरौं र मालिक बनौं, आफ्नै चेक आफैँ काटौं भन्ने भावना जागृत गराउन कोसिस गरौँ” ।

यसै सन्दर्भमा उनले  सौन्दर्य उद्योगमा आफ्नो परिवारको विरासतलाई कायम राखेर स्तरीय काम गर्ने र माया ब्युटी बारले  उत्कृष्टताको आधारशिला बनाउने बिश्वास ब्यक्त गरिन ।

कार्यक्रममा समुदायका अगुवाहरू पं. पिपलमणि सिग्देल, विश्वराज वास्तोला, टिकाराज ढकाल, पुरोहित विष्णु साप्कोटा, दिवाकर पाण्डे, वाबुराम शर्मा, टक रुवाली, शिव मैनाली, लक्ष्मी थापा लगायतले दुवै संचालकलाई बधाई सहित शुभकामना प्रकट गरेका थिए।

परिवारका सदस्य विकास खरेल र शंकर राज भण्डारीले माया ब्यूटी बारको उद्घाटनमा उपस्थित सबैलाई स्वागत गर्दै सबैको माया र साथ् पाउने बिश्वास ब्यक्त गरे।

दुई दशकअघि लंग आईल्याण्डमा नेपाली समुदाय सानो थियो तर अहिले झन्डै तीन हजार सदस्य छन्। यहाँका आएर बसेका नेपालीहरु मध्ये अमेरिकी नागरिक बनेको मात्र नभएर डाक्टर, इन्जिनियर, नर्स, शिक्षक, वैज्ञानिक, वकिललगायत विभिन्न पेशा र क्षेत्रमा  समेत संलग्न छन्।

२७ जेष्ठ २०८१, आईतवार ०८:१० मा प्रकाशित
Nabintech