Play

सहकारी ठगि र गिरिबन्धु टी जग्गा घोटालाको छानबिनको माग सहित पोखरामा प्रदर्शन, ३ जना घाइते

गुरुकुल खबर


पोखरा, देशका विभिन्न स्थानमा रहेका सहकारीबाट अरबौं रुपैया ठगि र अपचलन हुँदा पनि छानबिन समिति गठन गर्न नमान्ने गृहमन्त्री रबि लामिछानेको बिरुद्द एबम गिरिबंधु टी स्टेटको जग्ग्गा प्रकरणको छानबिन गर्न र गण्डकी प्रदेशमा अदालतको आदेश बिपरित प्रदेश सभा बोलाउने, विभिन्न नियुक्ति सहित बजेट बाँड्ने काम मुख्य मन्त्री खगराज अधिकारीले गरिरहेको बिरोधमा बिहिबार पोखरामा पनि प्रदर्शन गरिएको छ।

नेपाली काँग्रेसको भात्री संस्था नेपाल बिद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस इकाइ समितिको आयोजनामा मशाल जुलुस सहित प्रदर्शन गरिएको थियो जुलुसका सहभागी बिद्यार्थीहरुले विभिन्न नाराबाजी समेत गरेको प्रदर्शनमा सहभागी बिद्यार्थी नेता ऋषिकेश चालिसेले गुरुकुल खबरलाई जानकारी दिए ।

नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्यहरु संस्कार कोइराला र संजय आलेसहित संघको पृथ्वीनारायण क्याम्पसका सभापति सुशील न्यौपानेसहितको नेतृत्वमा भएको जुलुस सहितको प्रदर्शन क्याम्पस गेटबाट शुरु भएर नदीपुर स्थित प्रदेश सभा कार्यालय अगाडी पुगेर पुन क्याम्पस गेट पुगेर समापन भएको थियो।

त्यस क्रममा प्रहरीसंग सामान्य झडप भएको र झडपको क्रममा नेविसंघ इन्जिनीयरिंग क्याम्पस लामाचौरका नेता सौगात पण्डित घाइते भएको बुझिएको छ झडपमा प्रहरी तर्फ पनि दुई जनालाइ चोट लागेको बुझिएको छ ।

१० जेष्ठ २०८१, बिहीबार २२:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा