पोखरा, नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका सदस्य धनमाया गुरुंगका ससुरा बुवा लाल बहादुर गुरुंगको हालै निधन भएको छ। बिगत केहि वर्षदेखि उच्च रक्तचाप र अर्धपक्षाघात सहित अन्य समस्याबाट उनि पिडित थिए । गुरुंगलाई पछिल्लो पटक गत चैत्र ७ गते अस्पताल भर्ना गरिएको थियो । पोखराको रानीपौवा स्थित मेडीप्लस अस्पतालको सघन उपचार कक्षमा अचेत अबस्थामा उपचार हुँदै गरेको बैशाख ३ गते निधन भएको थियो।
२००१ सालमा जन्मिएका पूर्व भारतीय गोर्खा सैनिक लाल बहादुर गुरुङले भारतीय सेनामा १५ वर्ष बिताएर पेन्सनमा नेपाल आएपछि सामाजिक र राजनीतिक काममा सक्रिय भएका थिए । उनि २०४९ सालको स्थानीय तहको निर्बाचनमा सोहि वडाको वडा सदस्य पदमा नेकपा एमालेबाट निर्बाचित भएका थिए ।
स्व गुरुंगकी एक श्रीमती, ५ छोरा, ५ बुहारी, ७ नाति र ४ नातिनि रहेका छन् । जसअनुसार जेठा छोरा गुमान सिंहगुरुङ र बुहारी धनमाया गुरुङ महिला छोरा अमरसिंह गुरुङ र बुहारी टीका गुरुङ साहिंला छोरा फत्ते बहादुर गुरुङ र बुहारी चोखो माया गुरुङ काहिंला छोरा नन्द गुरुङ र बुहारी कन्यामाया गुरुङ तथा कान्छा छोरा केश बहादुर गुरुङ र बुहारी रेश्मा गुरुङ हुन।
जेठी बुहारी धनमाया गुरुङ नेपाली काँग्रेस कास्की जिल्ला कार्यसमितिको सदस्य एबम अमरसिंह माबि पोखराको बिद्यालय ब्यबस्थापन समितिको सदस्य समेत हुन ।
स्व गुरुङ प्रति श्रद्धान्जली ब्यक्त गर्न र परिवारजनमा समबेदना ब्यक्त गर्न गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारी, पूर्व मन्त्री यज्ञबहादुर थापा, संस्कृतीविद डा जगमान गुरुङ, नेपाली काँग्रेस र नेकपा एमाले लगाएत बिभिन्न राजनीतिक दलका नेताहरु, मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ सहित बिभिन्न तहका जनप्रतिनिधिहरु. अमरसिंह माबि सहित विभिन्न संस्थाका प्रतिनिधि समेतको उल्लेख्य सहभागिता रहेको थियो ।