Play

सरकारले सहकारी ठगिबिरुद्द संसदीय समिति बन्ननदिनु संसद्को विशेषाधिकार माथिको बन्धक हो- कांग्रेस नेता महर

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरले संसदको बैठकबाट जनसरोकारका घटना उपर संसदीय समिति बनाउन पाउने संसदको विशेषाधिकारलाई बर्तमान सरकारले बन्धक बनाएको टिप्पणी गरेका छन।

सरकारले संसद बैठक अन्त्य गरेको बिषयलाई लिएर सामाजिक संजाल फेसबुकमा आफ्नो प्रतिक्रिया सार्बजनिक गर्दै महरले भनेका छन। “अलोकतान्त्रिक तरिकाले संसदको चालु अधिवेशन अन्त्य गर्दै सहकारी ठगहरुमाथि छानबीन गर्न संसदीय समिति बनाउने कुराबाट सरकार भागेको घटनाले आज फेरी ओली नेतृत्वको नेकपा सरकारको समयका “काण्डै- काण्ड” र ” महाकाण्ड” को स्मरण गराएको छ।”

महरले भनेका छन, “कांग्रेस सहितका विपक्षी दलहरुले लाखौं जनताले सहकारीमा जम्मा गरेको अर्बौं रकम हिनामिना र ठगिमा सरकारमा रहेका केहि मन्त्री र सरकारमा संलग्न दलहरुका केही प्रभावशाली नेताहरु संलग्न रहेको छर्लङ्ग छ । यस्तो जनविरोधी र अपराधजन्य कार्य जुन जनसरोकारका घटना  समेत हो , यस उपर संसदीय समिति बनाउन पाउने संसदको बिशेषाधिकारलाई बन्धक बनाएर पुन देशलाई असंवैधानिक तवरले अध्यादेश मार्फत चलाउन खोज्नु लोकतान्त्रिक पद्दतिको उपहास हो।”

हिजो केपी ओली नेतृत्वमा नेकपा सरकार हुदा अध्यादेशको खिलापमा ,सार्वभौम संसदको अधिकारका लागि सडक धर्ना दिने पुष्पकमल दहाल र माधव नेपाल लगायतका नेताहरुको यो तस्वीरले द्वैध चरित्र देखाउदैन र ?  महरले प्रचण्ड र नेपालको तस्बिर समेत राखेर आफ्नो प्रश्न सहितको प्रतिक्रिया सार्बजनिक गरेल्का छन्।

२ बैशाख २०८१, आईतवार १३:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा