Play

पोखरा अन्तर्राष्ट्रिय म्याराथन – दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते हुने

गुरुकुल खबर


पोखरा । १८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते शनिबार हुने भएको छ । सो दौड सम्पन्न गर्न गठित उपसमितिको बैठकले ति दुबै इभेन्टहरु माघ २७ गते गर्न सुझाब दिए संगै मञ्चको कार्यकारी समितिको बैठकले  मिति  तय गरेको नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका हुन् ।

१८ औं संस्करणको पोखरा म्याराथन पोखरा रंगशालामा सुरु भएर पोखरा ६ स्थित लेकसाइडको क्याम्पिङ चौरमा सम्पन्न हुने गरी नयाँ रुट तय भए संगै अपाङ्ग तर्फको दौडलाई एक साता अगावै सम्पन्न गर्ने गरी उपसमितिले आयोजकलाई सुझाब दिएको उपसमितिका संयोजक अमृत बरालले बताए ।

फागुन ५ गते हुने म्याराथनमा अत्याधि भिड बढ्ने संगै अपाङ्गतर्फको दौड समेत सञ्चालन गर्न समस्या हुने भएकोले खेलकुदको अन्तर्राष्ट्रिय मान्यता अनुरुप एक साता अगावै दौड सम्पन्न गर्ने तयारी आयोजकले गरेको मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले बताए । उनले भने–“यो अन्तर्राष्ट्रिय मान्यता अनुरुप समेत हो । हामीले समाजका हरेक वर्गलाई म्याराथनमा जोड्ने उद्धेश्य अनुरुप यो दौड समावेश गरेका हौं । उहाँहरुमा आफ्नै उत्साह हुन्छ । हामी त्यो उत्साहमा अझै उचाई थपियोस भन्ने चाहन्छौं ।”

अपाङ्ग तर्फको दौडमा महिला–पुरुषतर्फ दृष्टिविहिन र ह्विलचियर दौड समावेश गरिएको छ । महिला र पुरुष दुबैतर्फका बिजेतालाई पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद रु १५ हजार, ७ हजार र ५ हजारका साथमा मेडल, तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यस पटक सहभागिहरुलाई समेत मेडलको व्यवस्था गरिएको मञ्चले जनाएको छ ।

२१ माघ २०८०, आईतवार २०:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा